म्याग्दीको सदरमुकाम बेनीस्थीत बिरेन्द्रचोक टोल विकास समितिको अध्यक्षमा महेन्द्र श्रेष्ठ सर्वसम्मतिले चयन गरिएको छ । शनिबार सम्पन्न सातौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट उपाध्यक्ष भगवती शर्मा, सचिव थमप्रसाद आचार्य, कोषाध्यक्ष प्रतिक्षा श्रेष्ठ, सहसचिव हरिप्रकाश थापा रहनुभएको छ । त्यसैगरी कार्यसमिति सदस्यहरूमा रुद्धप्रसाद सुबेदी, तेजिन्द्र बहादुर जिसी, राममायाँ श्रेष्ठ, सालिग्राम शर्मा, धनप्रसाद मगर, विनोद सुबेदी, शिवकुमार भट्टचन र माधब आचार्य चयन हुनुभएको छ ।

अधिवेशनको उद्घाटन गदैं संस्थाका सल्लाहकार एवम् गण्डकी प्रदेश सरकारका मुख्य–न्यायाधिवक्ता चिरञ्जीवि शर्माले टोलबासीको एकता र सहकार्यले बेनीबजारमा नमुना टोलको रुपमा स्थापित भएको बताउनुभयो । निःशुल्क खानेपानी, नियमित सरसफाई पुष्प बाटिका सहित समुदायस्तमा स्वागत तथा सम्मान सहितका कार्यक्रमले टोलबासी बिचको सम्बन्ध थप बलियो भएको बताउनुभयो ।

सोही अवसरमा बेनी नगरकार्यपालिका सदस्य सिर्जना श्रेष्ठ,शान्ति टोल विकास समितिका अध्यक्ष कुलप्रसाद श्रेष्ठ, नेपाल बार एशोसियसनका कोषाध्यक्ष ठाकुरप्रसाद आचार्य, बेनी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष माधबप्रसाद रेग्मी लगायतले टोल विकास समितिमार्फत भइरहेको रचनात्मक कार्यको प्रशंसा गर्नुभएको थियो ।

साधारणसभा तथा अधिवेशनको अवसरमा टोल विकास समितिलाई आर्थिक, भौतिक सहयोग गर्नेलाई कदरपत्र तथा टोलमा बसेर एसइई उत्र्तिणा गरेका विद्यार्थीलाई सम्मान गरिएको थियो ।

बि.स २०७२ सालमा स्थापना भएको टोल विकास समितिले दैनिक सरसफाईका लागि एकजना कर्मचारीलाई तलब, पिपलको बोट नजिकै खानेपानी पुष्पबाटिका सरसफाईका साथै पिपलको रुखको हाँगा काटछाँट गर्ने क्रममा मृत्यु भएका रुम निबासी थमबहादुर पुनको परिवारलाई ४२ हजार तथा पितृ मोक्षका लागि थप १० हजार सहयोग गरिएको कोषाध्यक्ष पुष्पा पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार टोलबासीको आर्थिक सहयोगबाट ३ लाख ६७ हजार ३० रुपैयाँ बचत छ ।साधारणसभामा दुई कार्यकाल नेतृत्व गर्नुभएका दलप्रसाद श्रेष्ठले विकास निर्माण सहित विभिन्न कार्यमा सहयोग गर्ने सम्पूर्ण टोलबासीलाई धन्यवाद दिदैं आगामी दिनमा समेत सक्रिय भएर टोलका गतिविधिमा सहभागि हुने बताउनुभयो।

साधारणसभाको अवसरमा उपाध्यक्ष पुर्णबहादुर कार्कीको स्वागत, सञ्चालन सचिव लालबहादुर भण्डारीले गर्नुभएको थियो । बिरेन्द्रचोक टोल सुधार समितिले बेनी नगरपालिका वडा नं ७ सहित विभिन्न संघसंस्थाबाट समेत उत्कृष्ट भएकोमा सम्मान प्राप्त गरेको छ । टोल विकास समितिले भाडामा बस्ने र घरधनी बिचको सम्बन्धलाई सहज बनाउन सम्मान तथा विदाई समेत गर्ने गरेको छ ।

Leave a Reply