म्याग्दीको सदरमुकाम बेनीस्थित बेनी सामुदायिक माविले यसै शैक्षिक सत्रदेखि बस सेवा सुरू गर्ने भएको छ । म्याग्दी जिल्लामा बस सेवा सुरू गर्ने पहिलो सामुदायिक विद्यालय बनेको बेनी सामुदायिकले बेनी नगरपालिकाको १० लाख ५० हजार, गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट १० लाख र विद्यालयको आन्तरिक स्रोत लगायतबाट ७ लाख ५० हजारगरी कुल २८ लाखको लागतरमा बस खरिद गरेको हो ।

म्याग्दीको सामुदायिक विद्यालयमा एसइई नतिजामा औषत जिपिए सहित सर्वोत्कृष्ट नतिजा ल्याउन सफल बेनी सामुदायिकले बर्खे विदा लगत्तै बस सेवा सुरू गर्ने जनाएको छ ।

‘सबै तयारी पूरा भएको छ,‘टाडाबाट आउने विद्यार्थीलाई घरदैलोमै पुगेर ल्याउँछौ,‘आवश्यकता अनुसार थप सेवा समेत विस्तारको योजना छ’ प्रधानध्यापक दिपक श्रेष्ठले भन्नुभयो । एउटा बसले मात्रै विद्यार्थीलाई सेवा दिन नसक्ने भएकाले विभिन्न संघसंस्था र ब्यक्तिगत सहयोगमा समेत थप बस थपेर समेत अर्को शैक्षिक सत्रभित्र दुईवटा बनाउने योजना रहेको प्रअ श्रेष्ठको भनाई छ ।

बेनी सामुदायिकले खबरा, डम्बरा, चुत्रेनी, गलेश्वर र पर्वत जिल्लाको मिलनचोकसम्मका विद्यार्थीलाई सेवा दिने जनाएको छ । बस सेवाबाट अभिभावक समेत उत्साहित भएका छन् ।

दैनिक पैदल र सार्वजनिक सवारीसाधनमा आवतजावत गर्नुपर्ने अवस्थामा विद्यालयले नै बस खरिद गरेपछि सहज भएको अभिभावकको भनाई छ ।अभिभावकले समेत बस सेवालाई सहज सञ्चालन गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएकाले विद्यालयले विद्यार्थीको चाप र आवश्यकता अनुसार थप सेवा विस्तारको योजना बनाएको छ ।

बेनी सामुदायिक माध्यमिक विद्यालय ब्यवस्थापकीय र शैक्षिकस्तरको आधारमा म्याग्दी जिल्लामा रहेका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट घोषित भएर प्राप्त गरेको ५ लाख अनुदानबाट समेत विभिन्न शैक्षिक तालिम सञ्चालन गरेको छ ।नेपाल सरकार शिक्षा मन्त्रालयले बि.स २०७० सालमा नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय घोषित गरेपछि हालसम्म देशभरका १ सय ४७ विद्यालयले भ्रमण गरेको छन् ।

बेनी सामुदायिक बि.स २०७० सालमा नेपालकै सर्वोत्कृष्ट विद्यालयको सम्मान प्राप्त गरेपछि अहिले देशभरबाट शैक्षिक भ्रमणका लागि हालसम्म विभिन्न जिल्लाबाट १ सय ५८ विद्यालयले भ्रमण गरेका छन् । यता बेनी नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीको शैक्षिक तथा अन्य विभिन्न क्षमता विकासमा निरन्तर प्राथमिकता दिएको जनाएको छ । नगर प्रमुख सुरत केसीले शैक्षिक गुणस्तरबृद्धिका साथै आयआर्जन र अतिरिक्त ज्ञानमा समेत लगानी गरिरहेको बताउँदै यसबर्ष समेत थप अर्को सामुदायिक विद्यालयलाई समेत बस खरिदका लागि अनुदान दिने बताउनुभयो ।

Leave a Reply