समुदाय स्तरमा फैलिएको अति नै संक्रामक रोग ‘लम्पी स्कीन’ रोगथाम तथा यसबाट संक्रमित पशुचौपायाहरुको उपचारमा सघाउन धवलागिरी गाउँपालिका र मालिका गाँउपालिकालाई औषधि हस्तान्तरण गरिएको छ ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा संगम म्याग्दीद्वारा संचालित एकिकृत सामुदायिक विकास परियोजनाले आकस्मिक सहयोग अन्र्तगत, धवलागिरी र मालिकागाँउपालिकाको समुदायस्तरमा फैलिएको लम्पी स्कीन रोग रोगथामको लागि आवश्यक पर्ने १ लाख ५८ हजार ६७२ रुपैया वरावरको औषधिहरु हस्तान्तरण गरेको हो ।

मालिका गाँउपालिकाका पशुस्वास्थ्य प्राविधिक धुव चोखालका अनुसार ागाँउपालिका भरि हालसम्म समुदाय स्तरमाकरिव दुईसय घरपालुवा चौपाया मरेको र आधा आधि चौपायाहरु सङक्रमित भएको जानकारी दिनुभएको थियो ।

यसैगरि धवलागिरी गाँउपालिकामा रोगले चौपायाहरुमा भयाभयको अवस्था रहेको तर चौपायाहरु गोठमा रहेकोले एकिन तथ्याङ्क नआएकोे कुरा वडा नं ३ की पशु स्वास्थ्य प्राविधिक सविता पुर्जाले बताउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा समुदायस्तरमापशु स्वास्थ्यप्राविधिकहरु खटाइएको र थप सहयोग समेत आवश्यकता रहेको मालिका गाँउपालिकाका अध्यक्ष वेग प्रसाद गर्वुजाले बताउनुभयो । आपत्कालिन अवस्थामा औषधि सहयोग गरेकोमा धवलागिरी गाँउपालिकाका उपाध्यक्ष रेशमपुन मगरले संगम म्याग्दीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । म्याग्दीमा ‘लम्पी स्कीन’का कारण पशुचौपाया धमाधम मर्न थालेका छन् ।

Leave a Reply