बागलुङ/ बागलुङको बडिगाड गाउँपालिका–६ भीमगिठेमा रहेको भिमगिठे प्रहरी चौकीका प्रमुख बरिष्ठ प्रहरी नाय वनिरीक्षक उज्वल पौडेल मृत भेटिएका छन् ।

भिमगिठे बजारमा रहेको आशा होटल तथा खाजा घरमा पौडेल मृत भेटिएका हुन् । सोमार राती १२ बजे पौडेल मृत भेटिएको प्रहरी निरीक्षक राजाराम खड्काले बताए । उनको मृत्युको कारण खुलेको छैन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का सहितको प्रहरी टोलि घटनास्थल पुग्दै छ । पौडेल मृत भेटिएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । प्रहरीले होटल शिल गरेर राखेको छ ।

Leave a Reply