म्याग्दीमा करेन्ट लगेर एक जनाको ज्यान गएको छ । जिल्लाको मालिका गाउँपालिका-५ रुममा २६ वर्षीय युवकको  बिहान करेन्ट लागेर  मृत्यु भएको हो ।  मृत्यु हुनेमा चितवन जिल्ला रत्ननगर-९ टिकाउने बस्ने अशोक तामांग रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरीक्षक किरण लामाले बताउनुभयो ।

सोमबार बिहान ११:४० बजेतिर रुमको हुक्लांगडांडामा ग्रामीण बिजुली वितरण लाइनको पोलमा नेपाल टेलिकमको फाइबर बिछ्याउने क्रममा अचानक करेन्ट लागेर पोलबाट खसेका थिए  । छाती र खुट्टामा चोट लागेकी बेहोस भएका तामांगलाई उपचारको लागी बेनी अस्पताल ल्याइएको र उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply