हिन्दू महिलाहरुको महान पर्व तिजको अवसरमा पुरानो लय र शब्दमा मौलिक तिज गित बजारमा आएको छ । श्रीमान्को मृत्यु हुँदा एउटै चितामा श्रीमती पनि जल्नुपर्ने ‘सती प्रथा’ नेपालबाट उन्मूलन भएको एक शताब्दी पहिलाको विषयबस्तुलाई समेटेर तयार गरिएको तीज गीत ‘छोरी’ म्युजिक भिडियो सहित सार्वजनिक भएको हो ।

२५ असार १९७७ सालमा चन्द्र शमशेरले सती प्रथा अन्त्यको घोषणा गरेको र श्रीमान्को मृत्यु भएका महिलाहरुलाई समाजले हेर्ने दृष्टिकोणलाई म्यूजिक भिडियोमार्फत प्रस्तुत गरिएको छ । म्याग्देली कलाकार नकुल ढकालको शब्द तथा लय संकलनमा तयार भएको छोरी गीतको म्युजिक भिडियोमा तत्कालिन समयमा माईती, घर र श्रीमान र श्रीमतीको कथाबस्तुका साथै सोही समयकै पोशाक, रितिरिवाज,संकार र चलन चल्तीलाई म्युजिक भिडियोमा उतार्ने जमर्को गरिएको गीतका रचनाकार एवम् निर्देशक कलाकार ढकालले बताए ।

‘श्रीमानको मृत्युको दोष श्रीमतीलाई दिने गरिन्छ, एकल महिलालाई घरपरिवार रसमाजले हेर्ने दृष्टिकोणमा केन्द्रित भएर म्यूजिक भिडियो तयार गरिएको छ,अहिले पनि सामाजिक दृष्टिकोणमा अझै सुधारको आवश्यकता छ’ ढकालले भने ।गीतमा तीजमा छोरीलाई माइतिमा ल्याउँदा बुबा आमा र परिवारको खुसी संगै सासु ससुराले बुहारीमाथि गर्ने कडोर व्यवहारलाई समेत चित्रण गर्न खोजिएको देखिन्छ ।

एकल महिलालाई धर्ती समेत नर्क जस्तै हुने गरी केन्द्रित विषयबस्तुले समाज रुपान्तरणको आवश्यकतालाई अझै पनि बहस गर्न सहज हुने गरी म्यूजिक भिडियो तयार गरिएको कलाकार ढकालको भनाई छ । अर्को तर्फ यस गीतमा समाजमा परम्परागत रुपमा जड बनेको छुवाछुत र बालविवाहको अवस्थालाई समेत उजागर गरिएको छ ।

तिजमा आधुनिकता, छाडा र समाजले समेत सुन्न र हेर्न नसक्ने गीतले स्थान पाइरहेकाले अवस्थामा मौलिकपन हराउँदै गएको र नयाँ पुस्तालाई पूरानो कला र संस्कृतिका बारेमा सचेत बनाउने प्रयास म्यूजिक भिडियोले गरेकोम्यूजिक भिडियोमा अभियन गरेका म्याग्दी लोकदोहोरी गीत प्रतिष्ठानका अध्यक्ष धुब्र जिसीले बताए ।

श्रीमान्को मृत्युको दोष महिलालाई नै दिने, एक्लो भनेर घरपरिवार समाजले झन् एक्ल्याउने, कुनै धार्मिक कार्यक्रमहरुमा एकल महिला (विधवा) जान हुँदैन भन्ने जस्ता समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आइनसकेको गण्डकी प्रदेशकी सांसद एवम् एकल महिला संस्था म्याग्दीकी संस्थापक अध्यक्ष बिमला गौचनले बताईन् ।

उनले समाजमा एकल महिलालाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक पहुँचमा अझै संघर्ष गर्न बाँकी रहेको बताईन् ।गीतमा सर्जक नकुल ढकाल,पार्वती जिसी, सरस्वती लामिछाने, रवि कार्की र अस्मिता डल्लाकोटीले स्वर दिएकी छन् । तारानाथ आचार्यले संगीत संयोजन गरेका यस गीतको म्युजिक भिडियोमा सर्जक ढकाल, अनु पराजुली, अनिता बस्नेत, धुर्व जिसी,, विज्ञान हमाल, मेनुका पुन, गणनाथ पौडेल, संगित ढकाल लगायतले अभिनय गरेका छन भने क्रियटिम मिडिया प्रोडक्सनले भिडियो उत्पादन गरेको छ ।

 

Leave a Reply