जिल्ला प्रहरी कार्यालय बागलुङले होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको हत्या भएको आरोप लगाएको छ । पौडल मृत भेटिएकै होटल सञ्चालकले उनको हत्या गरेको प्रहरीको आरोप छ ।

बुधबार एक प्रेस बिज्ञप्ती मार्फत प्रहरीले पौडेलको टाउकोमा प्रहार गरि मरणसन्न बनाएर कपडाले घाँटी थिचेर हत्या गरेको जनाएको छ । हेटमा पसेका पौडेल र होटल सञ्चालक आशा कुँवरका आमा छोरा बीच बिबादहुँदा टाउकोमा प्रहार गरेको प्रहरीको प्रारम्भीक अनुमान छ ।

टाउकोमा चोट लागेर बेहोस भएका पौडेल भुँईमा ढलेपछि पर्दाको कपडाले घाँटीमा कसी हत्या गरेको र मृतकले घाँटीमा लगाएको सुनको सिक्री समेत निकाली भान्छा कोठामा लुकाई राखेको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले बताए । होटल सञ्चालक ५१ बर्षिया आशा कुँवर र उनका छोरा २० बर्षिये बिनोद कुँवरलाई पक्राउ गरिएको खड्काले बताए ।

मृतक पौडेलको पोष्टमार्टम भने गण्डकी अस्पताल पोखरामा गरिने भएको छ । प्रहरी प्रधान कार्यालयको निर्देशनमा पौडेलको शव पोष्टमार्टमको लागि पोखरा पठाईएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका इञ्चार्ज पौडेल मृत फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । सोमबार राती मृत फेला परेको खवर सार्वजनिक भएपनि प्रहरीले मंगलबार साँझ उहाँको शव पोष्टमार्टमको लागि धौलागिरी अस्पताल बागलुङ ल्याएको थियो । प्रहरी प्रधान कार्यालयले पोखरा पठान निर्देशन दिएकाले बागलुङमा पोष्टमार्टम नगरी पोखरा पठाईएको खड्काले बताए ।

“पौडेलको हत्या अभियोगमा दुई जनालाई पक्राउ गरेका हौं” खड्काले भने “पौडेलले लगाएको सुनको सिर्कि होटलको भन्छा कोठामा फेला परेको छ ।” घटना शंकास्पद देखिएको भन्दै प्रहरी उपरीक्षको नेतृत्वमा घटनास्थल बडिगाड गाउँपालिका–६ खार बजार पुगेको प्रहरीले आमाछोरालाई पक्राउ गरेको थियो ।

आशा होटल एण्ड खाजा घरमा गए राति प्रहरी इञ्चार्ज पौडेल मृत फेला परेका थिए । प्रहरीले घटनाका विषयमा अनुसन्धानपछि मात्रै वास्तविकता बताउने जनाएको छ । प्रहरी उपरीक्षक खड्काले भने, “अनुसन्धान भैरहेको र संका गरिएको बिषयमा थप बोल्न मिलेन् तर यो घटना हत्याको आशंका मात्रै नभएर हत्या हो ।”

Leave a Reply