---Advertisement---

डेब्यू म्यूजिक भिडियोमै कोटगाउँकी मेनुका पुनको चर्चा

On: July 27, 2023 8:31 PM
Follow Us:

म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका–६ कोटगाउँकी १४ वर्षकी मेनुका पुनले अभिनयमा डेब्यू गरेकी छिन् । म्याग्देली कलाकार नकुल ढकालको शब्द तथा लय संकलनमा तयार भएको ‘छोरी’ गीतको म्युजिक भिडियोमा म्यूजिक भिडियोमा उनले गरेको अभिनयको अहिले सर्वत्र चर्चा कमाएको छ ।

 

श्रीमान्को मृत्यु हुँदा एउटै चितामा श्रीमती पनि जल्नुपर्ने ‘सती प्रथा’ नेपालबाट उन्मूलन भएको एक शताब्दी पहिलाको विषयबस्तुलाई समेटेर तयार गरिएको गीतको म्यूजिक भिडियोमा मनुकाको अभिनयले सबैको मन जितिरहेको छ । बेनी स्थित न्यु वेष्ट पोइन्ट बोर्डिंग स्कुलमाकक्षा ९ मा पढ्दै गरेकी मेनुकाको डेब्यू अभिनयमा छलाङ्ग नै मारेकी छिन् ।

श्रीमानको मृत्युको दोष श्रीमतीलाई दिने र तीजमा छोरीलाई माइतिमा ल्याउँदा बुबा आमा र परिवारको खुसी संगै सासु ससुराले बुहारीमाथि गर्ने कडोर व्यवहारलाई समेत चित्रण गर्न खोजिएको विषयबस्तुमा मेनुकाले गरेको अभियनले धेरैको आँखा रसाएको छ ।

एकल महिलालाई धर्ती समेत नर्क जस्तै हुने गरी केन्द्रित विषयबस्तुले मेनुकाले अनुभवी कलारकाले जस्तै अभियन गरेकी छन् । एकल महिला (विधवा) को भूमिकामा देखिएकी मेनकुाले श्रीमान्को मृत्युको दोष, एक्लो भनेर घरपरिवार समाजले झन् एक्ल्याउने, कुनै धार्मिक कार्यक्रमहरुमा जान हुँदैन भन्ने जस्ता समाजको गलत दृष्टिकोणबाट पीडित भएको मार्मिक अभियन उनले गरेकी छन् ।

पर्वत जिल्ला जलजलागाउँपालिका–३, बौरमा बसोबास गर्दै आएकी मेनुका बाबालाल प्रसाद पुन र आमाखिम माया पुनका दुई सन्तान मध्येकी एक छोरी हुन् मेनुका उनका एकजना दाइ छन् । १४ वर्षकी मेनुका घरको काम सघाउने मात्रै नभई खेलकुद, नृत्य र पढाइमा समय ब्यबस्थापन गर्न सकेकी छिन । विद्यालयमा हुने नृत्य र अभिनयका कार्यक्रममाउनले नियमित सहभागी हुने गर्दछिन । घरपालुवा जनावर बिरालो र कुकुरलाई असाध्यै माया गर्ने र फुर्सदको समयमा कपडाको तान झोला स्वेटर बुन्ने काममा आमालाई सघाउनेर सिक्ने समेत गर्दछिन ।

हँसिली र शान्त स्वाभाव भएकी मेनुका यस भन्दा अगाडी कुनै म्युजिक भिडियोमा अभिनय गरेकी छैनन् तर युवा तथा बालबालिका मन्त्रालयले बालदिवसको अवसरमा आयोजना गरेको राष्ट्रिय भिडियो प्रतियोगितामा पहिलोपटक अभिनय गरेकी थिइन । उक्त भिडियोले देशाभर मै दोश्रो स्थानप्राप्त गरेको थियो । त्यसैगरी यसैवर्ष शिक्षा मन्त्रालयले आयोजना गरेको बालअधिकार सम्बन्धि भिडियो प्रतियोगितामा म्याग्दीबाट प्रथम भइ गण्डकी प्रदेश मार्फत राष्ट्रिय प्रतियोगितामा छनोट भएको छ ।

नेपाल टेलिकमले यसैबर्ष आयोजना गरेको १८ वर्ष भन्दा मुनिका बालबालिकाहरुले सहभागिता जनाउने सिंगल टेक भिडियो (साइबर सुरक्षा) सम्बन्धि भिडियोमा प्रथम भएको थियो । जुनसुकै भूमिकामा पनि राम्रो अभिनय गर्नसक्ने मेनुका विद्यालयमा आयोजना हुने एकांकी नाटकमा सधै उत्कृष्ट हुने गर्दछिन ।

अभिनयमात्रै नभएर नृत्यमा समेत अब्बल मेनुका म्याग्दी जेसिजले आयोजना गर्ने माध्यमिक विद्यालय स्तरीय नृत्य प्रतियोगितामा २ पटक सम्म विद्यालयको प्रतिनिधित्व गर्दै प्रथम भएको विद्यालयका शिक्षक एवम् पत्रकार कृष्ण जिसीले बताए । ”नाच्न अभिनय गर्न र कुनै अडियो जिंगलमा पनि राम्रो आवाज दिन्छिन”पढाइमा उनि अब्बल छिन कक्षामा दोश्रो तेश्रो हुने गरेकी मेनुकाकी आमा समेत राम्रो लोक दोहरी गायिका हुन्। आमाले गाएको बेनीबजार नामको गीतमा समेत उनले समूह नृत्य गरेकी छिन ।

अहिले युट्युबमा राम्रो भ्यु पाइरहेको ”छोरी”गीतमा धेरै जनाले मेनुकाको अभिनयको प्रशंशा गरेका छन् । गीतका रचनाकार एवम् निर्देशक नकुल ढकालले म्याग्दी जिल्लाले एक उत्कृष्ट कलाकार पाएको बताए । उनले मनुकाको अभियनले समेत म्यूजिक भिडियोको चर्चा सर्वत्र भएको बताए ।

त्यस्तै म्यूजिक भिडियोका छायाँकार क्रियटिभ मिडिया प्रडक्सनका डाइरेक्टर भुपेन बानियाले अत्यन्तै क्षमतावान लाग्यो, यति सानै उमेरमा एकपटक बिषयबस्तु भनेपछि निर्धक्कसंग अभिनय गर्न सक्ने क्षमता भएको बताए । पढाइसंगै भविष्यमा नृत्य र अभिनयलाई अगाडी बढाउने उद्देश्य लिएकी मेनुका पुनले अहिले सामाजिक संजाल फेसबुक, टिकटक र इन्स्टाग्राममा धेरैले बधाई र शुभकामनादिने गरेको बताइन ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।