म्याग्दीमा  मोडेल अफ म्याग्दी र लिटिल मोडेल अफ म्याग्दी हुने भएको छ।  लुकेर रहेका कला, सस्कृती र प्रतिभालाई उजागर गराउन साउनको १९ र २० गते हुने छनोट प्रतियोगितामा ६ देखि १४ बर्षसम्मका लिटिल मोडेल अफ म्याग्दी– २ र १४ देखि २९ बर्स सम्मका अविवाहित सहभागिता रहने मोडेल अफ म्याग्दीमा भर्ना सुरु भएको किङस्टार क्रियसन प्रालिका ब्यवस्थापक सुमन खड्काले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको छ।

मोडल अफमा सहभागी हुनेलाई एक महिनाको प्रशिक्षण, फोटोशुट, भिडियोशुट, ब्यक्तित्व र नेतृत्व विकासको लागि क्षमता अभिृवृद्धि लगायतका तालिम दिईने ब्यवस्था रहेको ब्यवस्थापक खड्काले बताउनुभयो । विभिन्न गिफ्ट ह्याम्पर, क्राउन, ट्र्फी र प्रमाणपत्रसहित नगद पच्चिस हजार रुपैयाँ पुरस्कारले पुरस्कृत गरिने  ब्यवस्थापक खड्काले भन्नुभयो ।

जिल्लाका सम्पुर्ण स्थानीय तहबाट सहभागी हुन पाउने पाउने गरि १४ देखि २९ वर्ष उमेर भित्रका मोडल अफ म्यादी सिजन –३ र ६ देखि १३ वर्ष उमेर समूहका समुहले लिटिल मोडेल सिजन–२ मा सहभागी हुन पाउने छन। यस कार्यक्रमको फाईनल भदौ ९ गते जिल्ला सभन्वय समितिको सभाहलमा गरिने छ ।

Leave a Reply