गैर आवासीय नेपाली (एनआरएनए) कतारको आइसिसी सदस्यमा भारी मत सहित म्याग्दीका विक्रम काकी निर्वाचित भएका छन् । सन् २०२३–२५ कार्यकालका लागि सम्पन्न भएको निर्वाचनमा लामो समयदेखि कतारलाई कर्मथलो बनाउँदै विभिन्न सामाजिक कार्यमा सक्रिय कार्कीले सदस्यले ५ हजार १११ मत सहित निर्वाचित भएका हुन् ।

डेढ दशक देखि कतारलाई कर्मथलो बनाउनुभएका कार्की सँग म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय समितिको महासचिव मोना कतारको अध्यक्ष सहित विभिन्न पदमा रहेर सामाजिक काम गरेको अनुभव छ ।

मोना कतार बहुउद्देश्यीय अक्षयकोषका अध्यक्ष समेत रहेका कार्की शालीन व्यक्तिका रूपमा परिचित छन् । मोना कतार, प्रवासी नेपाली एकता मञ्च कतार लगायतका विभिन्न सामाजिक संघ संस्थामा रहेर काम गरेको अनुभव संगाल्नुभएका गिरी पारदर्शीता र जवाफदेहिताको वकालत गर्दै आएका छन् ।

आइसीसी सदस्यमा निर्वाचित कार्कीले वैदेशिक रोजगारीमा रहेका नेपाली मजदुरको हक हितको लागि डटेर लड्न र एनआरएनए अभियानलाई व्यापक र शसक्त बनाउने बताए । आइसीसी सदस्यमा निर्वाचित भएका कार्कीले आफ्नो जिम्मेबारीलाई सहज र प्रभावकारी बनाउन विभिन्न निकायसँग सहकार्य समेत गर्ने बताए ।

.

Leave a Reply