हिमाली जिल्ला मुस्ताङमा पत्रकार महासंघ जिल्ला शाखाको सदस्य कायम राख्न संयुक्त प्रेस विज्ञप्ती जारी गरिएको छ । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखासहित जिल्ला स्थित प्रेस चौतारी नेपाल मुस्ताङ, समाजवादी प्रेस संगठन नेपाल मुस्ताङ र प्रेस युनियन मुस्ताङले संयुक्त प्रेस विज्ञप्ती जारी गरेका हुन् ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले मिति २०८० साउन १० गतेको दिन महासंघको मुस्ताङ शाखा मातहतमा क्रियाशिल साधारण सदस्यहरु मध्ये २ जनाको मात्र सदस्य रहने गरी सदस्य सुद्धिकरणको नाममा अन्य सबै सदस्यहरुलाई हटाईएको प्रति खेद व्यक्त गरेका हुन् ।

जिल्ला शाखाका मुस्ताङ र मुस्ताङमा क्रियाशिल पत्रकारहरुको संघ÷संगठनहरु प्रेस चौतारी नेपाल, समाजवादी प्रेस संगठन नेपाल र प्रेस युनियनहरुले पत्रकार महासंघ प्रदेश समितिको सो निर्णयमा गम्भिर ध्यानार्कषण भएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

हिमाली जिल्ला मुस्ताङ जस्तो बिकट भूगोलमा कठिन परिस्थितीको सामना गर्दै खटिरहेका र संस्था जोगाएका क्रियाशिल पत्रकारहरुको घाँटी निमोठ्दै सदस्यता खारेज गर्ने जस्तो निकृष्ठ र गैरजिम्मेवारपूर्ण कार्य गरी जिल्ला शाखानै खारेज हुँने परिस्थिती गरिएको प्रति जिल्ला शाखासहित संघ÷संगठनहरुले संयुक्त पे्रस विज्ञप्ती मार्फत पत्रकार महासंघ गण्डकी प्रदेश समितिको घोर आपत्ती प्रकट गर्दै सो गलत निर्णयको भत्र्सना गरेका छन् ।

महासंघ मुस्ताङ शाखासहितको संघ÷संगठनहरुले बिना सुझबुझ हटाईएका संम्पूर्ण पत्रकारहरुलाई पत्रकार महासंघ गण्डकी प्रदेश समितिले गरेको उक्त निर्णय अविलम्व सच्चाई मुस्ताङका पत्रकारहरुको सदस्य कायम राख्न दबाव सृजना गरेका हुन् ।

गण्डकी प्रदेश समितिले आधिकारिक निर्णय बेगर कुनै अमुक व्यक्तिले हालिएको उजुरी रद्द गराई मुस्ताङ शाखाका क्रियाशिल महासंघका संम्पूर्ण सदस्यहरुको सदस्य कायम गर्न र अन्यथा नियम संगत ढंगले दोश्रो प्रक्रिया चालिने विज्ञप्तीमा भनीएको छ ।
मुस्ताङ शाखा सदस्य कायम गर्न दवाब सृजना गर्दै शाखाका अध्यक्ष सुन्दरकुमार थकालीसहित प्रेस चौचारी नेपालका जिल्ला अध्यक्ष सुनदेवी रसाईली, समाजवादी प्रेस संगठन नेपालका जिल्ला अध्यक्ष आदित्य रसाईली र प्रेस युनियन जिल्ला शाखा मुस्ताङका उपाध्यक्ष तृष्णा गौचनले संयुक्त प्रेस विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।

Leave a Reply