बेनी, १६ साउन । मुटुरोग सम्बन्धी समस्याले थलिएकी म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमकी ६२ वर्षीया मंगा कमिनिको उपचारमा आर्थिक अभाव भएको छ ।

एक महिनाअघि बिरामी परेपछि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएकी मंगाको मुटुमा प्वाल परेको र दम सम्बन्धी पनि समस्या रहेको चिकित्सकले बताएका थिए । करिब १५ दिन अस्पतालमा राखेपछि डिस्चार्ज भएर घर गएकी मंगाको स्वास्थ्यमा सोमबार पुन समस्या देखिएपछि पोखरा लगेर भर्ना गरिएको छोरा प्रयास हर्मेलले बताउनुभयो ।

“आमालाई आइसियुमा राखेको छ,” उहाँले भन्नुभयो “मसँग औषधी किन्ने पैसा पनि नभएर समस्या भएको छ ।” आर्थिक अभावका कारण रगतको व्यवस्थापन गर्न पनि समस्या भएको हर्मेलले बताउनुभयो । ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका सो परिवार मंगा बिरामी परेपछि समस्यामा परेका छन् । मंगाको औषधी उपचारका लागि सहयोग गरेर जिवन रक्षा गरिदिन छोरा प्रयासले अपिल गर्नुभएको छ । सम्पर्क न. प्रयास हर्मेल ९८४३९१३५८४

Leave a Reply