बेनी, २० साउन । बेनी नगरपालिका–८ मा रहेको कालीपुल युनाइटेड क्लवले शनिबार सरसफाई गरेको छ ।

पर्वत र म्याग्दीको सिमानामा रहेको कालीगण्डकी नदीको मोटरेबल पुल र कालीपुलको सार्वजनिक ठाउँमा सरसफाई गरेका हुन् । क्लवका पदाधीकारी, सदस्य, सुरक्षाकर्मी र स्थानीयबासीहरुको सहभागितामा सरसफाई गरिएको थियो ।

मोटरेबल पुलमा थुप्रिएको हिलो फालेर पानी नजम्ने बनाइएको छ । कालीपुलको उद्यानको झाडी हटाइएको छ । फोहोर संकलन गरेर व्यवस्थापन गरिएको छ । क्लवले खेलकुद, कला संस्कृतिको साथसाथै सामाजिक गतिबिधि गर्दै आएको छ ।

Leave a Reply