बागलुङको बलेवाबाट दारका ठेका, ठेकी,मदानी,धुपौरा,चम्ठो,पुछै लगाएतका सामानबोकेर म्याग्दीको दरवाङ आउनुभएका टीकाबहादुर चुँदारा विक्रीकालागिल्याएको एउटा सामानपनिविक्रिनभए पछि निरास हुँदै बागलुङ फर्किनुभयो।

कलात्मक रुपमाकुँदेर बनाइएका काठका सामग्रीको प्रयोग घट्दै गएपछि यो पेशामालागेका व्यावसायीहरु पनि संकटमा पर्न थालेको छ ।व्यवसाय नै परिवर्तन गर्ने अवस्थाआइलागेको टीकाबहादुर चुँदाराले बताउनुभयो । काठका भाँडाकुँडा र सामग्रीबनाउनप्रयोग गरिने दारलगायतका रुख र काठको अभाव खेपिरहेका बेलायसको प्रयोग नै घट्दै गएपछि व्यवसायीहरु संकटमा परेका उहाँको भनाइ छ ।

वर्षौंदेखि काठ कुँद्ने पेशागर्दै आउनुभएकाचुँदारा काठ कुद्ने पेशाबाट पलायनहुनुपर्ने अवस्थाआएको बताउनुहुन्छ । १०÷१२ वर्षको उमेरदेखि बाबु बाजेले अँगाल्दै आएको पेशाआफूले पनि सम्हालेको बताउने चुँदारा ६० वर्ष उमेर पुगुन्जेलसम्मपनियही पेशालाई निरन्तरतादिइरहनुभएको छ । यतिन्जेलसम्मयही पेशाबाट गुजारा चलेको भएपनि अब भने काठका सामानबिक्रीहुनै छाडेकोमाउहाँलाई चिन्तालागेको छ ।

कुनै समय थियो, गोठमा रहेका पशुधन र ठेंकी हेरेर त्यस घरको हैसियतआँकलनगरिन्थ्यो । ती सबै साधन रैथाने सीप प्रयोग गरेर जंगलका काठबाट बनाइन्थ्यो । तर, समय फेरियो । महीपार्नेचलन हराउँदै गयो ।

गाउँघरमाकतै कतै महीपारे पनि प्लाष्टिकका ठेंकीको प्रयोग हुनथाल्यो ।रैथाने काठका सामग्रीलाई आयातित प्लाष्टिकका सामग्रीले विस्थापितग¥यो ।१० पाथे काठको ठेंकीमा घ्वार्र… घ्वार्र.. गर्दै महीपारेको दृश्य पछिल्लो समय दुर्लभ हुनथालेको छ ।ठेंकी र मदानीले दहीमथेर महीपार्ने र घट्घट्ी पिउने चलनपनि हराउँदै गएको छ ।

खासगरी काठबाट ठेका बनाउनचुदारा समुदायकामानिस नै खप्पिस छन्। ।ठेंकीकुद्ने कामलाई गाउँघरमाचुदारा पेशाभन्ने गरिन्छ। उहाँलेबनाएका काठका सामग्रीबागलुङ,पर्वत,म्याग्दी र मुस्ताङकाविभिन्न ठाउँमा बिक्रीहुने गरेकामा पछिल्लो समय बिक्रीमाकमीआएको उहाँकोभनाइ छ।

१० पाथीजाने एउटा दारको ठेकोलाई रु १२ देखि रु १५ हजारसम्म पर्ने उहाँ बताउनुहुन्छ । केहीवर्षअघिसम्म काठका सामानबनाएर मासिक २५÷३० हजार रुपैयाँसम्मआम्दानीगर्ने चुँदारा पछिल्लो समय मेलापर्वजस्ताविशेष अवसरमापनि काठका सामग्रीबिक्रीहुन छोडेका बताउनुहुन्छ । अहिले मुस्किलले मासिक ५÷७हजार रुपैयाँमात्रकमाइहुने गरेको बताउँदै उहाँले भन्नुभयो “प्लाष्टिकका सामग्रीले बजार लिएपछि रैथाने सामग्रीको बिक्रीहुन छाड्यो, अब त दुःखपनि उठ्दैन ।”

बजारमा काठका सामानको बिक्री घट्दै जानु र गाउँघरमा यस्ता सामानबनाउने काठको अभावहुनुले पनि परम्परागत काठका सामग्रीबनाउन समस्याहुने गरेको छ। मिहिनेत धेरै लाग्ने र फाइदाकमहुने भएकाले पनि यो पेशाविस्थापितहुँदै गएको दरवाङकाव्यवसायी सन्तनाथ सुवेदीले बताउनुभयो ।

विशेष गरेर काठका ठेंका, ठेंकी, मदानी, धुपौरा, चम्ठो (तेल राख्ने भाँडो), पुछै (रक्सी खाने भाँडो), खुर्पेटो लगायतका समानहरु बनाउने गरेकाचुँदारालेयी सामानहरु बनाउन दारगिठो, गुराँस,भलाय र काप्राको काठ प्रयोग गर्ने हुने जानकारी दिनुभयो ।

Leave a Reply