कृष्णकुमार विश्वकर्मा
नेपाली राजनैतिक ईतिहासमा कतिपय दुर्लभ घटनाहरु पनी सुरक्षित छन्। एउटा सनकी नेताले आफु शक्तिमा हुँदा वैचारिक-राजनैतिक आधार र धरातलमाथी कसरी निजी स्वार्थको बुट बजार्छ? राज्यको निकायहरुको कुन तहसम्म दुरपयोग गर्दछ?जनमत, प्राप्त उपलव्धि लाई कसरी अहंकारको जुवाडे दाउमा लगाउछ? पार्टी र सहकर्मि लाई के ठान्दछ? शित्द्वान्तको-विचार को-कसरी खिल्ली उडाउछ?
यी तमाम विषयहरु आजपनि अनुत्तरित मात्र हैन कतै सामान्य अनुभुती समेत देखिन्न। विश्व मंचमा आकर्षण बनेको कम्युनिष्टको सबै तहमा झण्डै २ तिहाईको निर्वाचित जनमतको दक्षिणपन्थि अवसरवाद र फगत निजी स्वार्थले क्षतविक्षत वनाएको जघन्य अपराध, समग्र त्यो आन्दोलनमाथिको, त्यो जनमतमाथिको र ७ दशकसम्म नेपाली जनताको बलिदाननीपुर्ण संघर्ष संगै रगत र पसिना मिसिएको संविधानमाथिको अपराधको कुनै स्विकारोक्ती नै देखिन्न। यो सबैभन्दा डरलाग्दो पश्चगमन र कम्युनिष्ट आन्दोलनमाथिको गद्दारी हो। योजनावद्व ढंगले आन्दोलनको चिरहरणमा लागेको एउटा अहंकारी शासकलाई दलालपुजिवादले कसरी उपयोग गर्छ भन्ने ज्वलन्त उदाहरण हाम्रो बिचमा सम्पन्न २ बाट निर्वाचन र पछिल्ला एमालेको गतिविधी बाट छर्लगैं भएको छ।
मुठी कसेर जनताको आगनमा कसम खाए अनुसार नै उभिएको छ? वोलेको छ? व्यवहारमा अनुभुती हुन्छ? यो सबै त्यहाँ ईमानका साथ हिजोसम्म पनी उभिरहेका नेता-कार्यकर्ताले ग्रासरुट र सदस्यता नविकरणमा आफ्नो राय प्रष्ट ढंगले प्रकट गरेनन् र? अझै कतै भ्रम र ढाटछलको अखेट्टोको खोजिमा रहेको चतुर वैमानहरुको कित्तामा पुगेर केही थान फिरन्तेहरु विद्रोह गलत भएछ। मुलघर फर्किन पाउ भनेर विन्ति विसाई रहेको पनी देखिन्छ।
हुन त जिवन्त आन्दोलनमा संख्या ठुलो मान्ने, त्यहाँ प्राप्ती देख्ने अवसरवादीहरु हरेक संघर्षमा जन्मिन्छन र लेनदेनमा निष्ठा, ईमान र विचारको आत्मसमर्पण गराउछन्। समग्र प्रक्रिया सिंहावलोकन गर्दा कस्ता-कस्ता प्रवृतिहरु हामीविच देखापरे यो पार्टी अन्तरसंघर्ष, विद्रोह र संकटको वेला? आन्दोलन र संघर्षको अग्रभागमा उभिएर वली व्यक्ति मात्र होईन यो प्रवृति हो जुन सच्चाउन सकिदैन, निर्मुल पार्न विद्रोह गर्ने संखघोष गरेर थाकेनन्।
हजार प्रश्नहरु गरे सायद ति प्रश्नहरुमा क्रान्तिकारिता थियो। पार्टी र आन्दोलन आखाकै सामुन्ने तहसनहस हुँदै थियो। घटेका घटनाहरुको विष्लेषण गर्दा हरेक माक्सवादीले अब के हुँदैछ। खुट्टाउन सक्दछ। त्यो बखत संघर्षलाई लेनदेनमा युद्वविराम गराउन पनी खोजेको देखिन्छ र त्यहासम्म ति क्रान्तिकारीहरुमाथि नै ठुलो भरोसा अडिएको पनि थियो। जव मैमत्त रजौटा शैलिबाट संसद, नेकपा र हुँदाहुुँदै एमाले विघटन गराएर देशभर दिपावलीको फर्मान गरिन्छ। त्यही भित्र अन्तर-संघर्षबाट सच्चाउन सकिन्छ? ओली प्रवृति सुधार्न सकिन्छ भनेर पहाड फोर्न कुहिनो औजार वनाएका हरु वार्दली आदेश र प्रवचनबाट कसरी नतमष्तक भए यो झनै रहस्यमय र गहिरो अध्ययनको विषय रहिरहने छ।
त्यो एउटा पंति सबैका बावजुद पार्टीको लगानी र त्यसको गौरवपुर्ण ईतिहास बचाउन सकिन्छ की भनेर लागे तर केही कता मलामी बढी हुन्छन् भनेर चौतारीबाट हेरेर स्याउ र फ्रुटी खाने तर्फ पनि लागे। हिजो त्यही पंतिले आरोप लगाउने गरेको जस्तै नवौं भनिएको एमाले चितवन काण्ड र चुनावमा ओली प्रवृति मजैले अनुभव गरे। त्यो सबै आजका ओली र उनका फन्टुस ग्यागंले तयार गरेको लाख भ्रमपुर्ण तर्कलाई यी घटनाक्रम र तथ्यहरुले प्रष्ट गर्दैनर? ३ तहकै निर्वाचनको झटकाबाट सुध्रिन तयार भएनन्, मिसन ग्रासरुटको उपस्थितीबाट अनुभुती गरेनन्? जम्मा ४०% सदस्यता नविकरण समेत नपुग्दा सच्चिन नजान्ने त्यो नेताको पंती तिमी केही थान चरम अवसरवादी पुगेर केही फरक पर्नेहोला ? हरेक प्रहरमा देखिएको अवसरवाद कतै छुपेको छ र अन्तरसंघर्षमा, विद्रोहताका, पार्टीनिर्माणको वेला र निर्वाचनमा कुन दिन विचारको वहसमा फरक मत दर्ज भए? हो जरुर हरेकपटक अवसरको वेला सकभर मेरो योगदानको आधारमा यो नभए त्यो मलाई नै भनेर दावी भने भैरह्यो। जुनदिनसम्म प्राप्त भयो वा प्राप्त हुने संभावना रह्यो ति फिरन्ते संगै रहे जुनदिन यहा त अझै संघर्ष छ भनेर थाहा पाए मिठोको लोभमा जुठो खान तयार भएर लागे।
हुन त क्रान्ति, आन्दोलन र संघर्ष सामुहिक लडाई हो। माधव-झलनाथ लडिदिएर हाम्रो थैली भरिदिनेछन् भनेर छोटो यात्राको ट्यायलमा निस्केका अवसरवादी फिरन्तेहरुलाई केही भन्न जरुरी नै छैन। त्यो पनि चरम अवसरवादी प्रवृति नै हो। लगानी विनानै नाफा खोज्ने दलालपुजिवादी चरित्र हो। सँगै रहेर पुर्याएको योगदानका लागी धन्यवाद दिन हामीले पनी कन्जुस्याई गर्नु हुँदैन।
अब भने…, कम्तिमा नियमित सामाजिक संजाल खारेज गरिदिनु, मोबाईलमा सुरक्षित तस्विर डिलिट गर्नु, गौरवका साथ सुरक्षित गरेको न्युज कटहरु जलाईदिनु,अन्तरवार्ताहरु छन् भने हटाउनु। एउटा जिवन्त गितमा भने जस्तै ‘पर लैजाउ…..तिम्रो याद आउने सवै चिजहरु’’! नभए सताउने छ त्यो विद्रोहको भाषणहरुले, मुखमा पट्टी वाधेको आन्दोलनले प्रहरी संग जुधेको राके जुलुसले, संविधानको विजय जुलुसले, ओली प्रवृतिका विरुद्वका सबै हर्कतले। त्यसैले हिजो वा आज यो सबै प्रकरणमा निदाएको होईन निदाएको भान गरेको एउटा चरम महत्वकांक्षी व्यक्तिवादी फिरन्ते कती दिन कहा रहने हो हेर्न भने त वाकी नै छ।
हिजो साच्चिनै यत्तिको क्रान्तिकारी, विद्रोही नेता भनेर मानक बनाउने जनता र नेता-कार्यकर्ताले अव उप्रान्त के उपमाबाट सम्झिने होलान त्यो पनी हाम्रो विषय भएन। क.फिरन्ते लाई सुझाव, निती, विचार, सिद्धान्त र नैतिकताको भाषण त्यही कोठाभित्र गरे गर्नुहोला हामी सम्म नआउनेगरी,नभए लोक हास्नेछन।कृपया हामी तर्फ सुझाव वन्द गर्नुहोला, हारेको सिपाहीको कथा हैन लडेको, जुधेको र अन्त्यमा जितेको योद्वाको जिवनसंग हामिलाई दिलजस्पी छ।
यो १० वर्ष वरपरको राजनीतिलाई न्यायको आखिझ्यालवाट हेर्दा उस्तै प्रवृति जिवित राखेर एमालेमा रहनु अझै विद्रोहवाट फेरी पनी उतै फर्कनु आत्मसमर्पण वाहेक केही होईन । ठुल्ठुला क्रान्ति र परिवर्तनको पुस्ता थियो भनेर लेखिएको गौरवपुर्ण गाथाको अर्को पट्टी यो तहको वैचारिक-राजनैतिक स्खलित पंति पनि थिए भनेर भोलीको पुस्ताले पढने छन्।
लेखक एकिकृत समाजवादी म्याग्दीका अध्यक्ष हुन्