दुई महिने बालकको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय बिरु विक र ३० वर्षीया सविना विकलाई ०८० साउन २१ गते गिरफ्तार गरेको छ ।

बालकको ०८० साउन १८ गते राती पती पत्नी बिच भएको झगडाको क्रममा तानातान गर्दा भुँइमा खसेर बजारिदा घटनास्थलमै मृत्यु भएपनि तीन दिनपछि मात्र प्रहरीमा सूचना आएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी मदन केसीले जानकारी दिनुभयो ।

आमा बाबाले बालकको हत्या गरेको भन्दै बिरुकी भाउजु कुशमाया विकले जिल्ला प्रहरी कार्यालय बागलुङमा साउन २१ गते उजुरी दिनुभएको छ ।

प्रहरीले आरोपित बिरु र सविना विरूद्ध साउन २१ गते नै जिल्ला अदालत बागलुङमा हत्या कसुर शिर्षकमा मुद्दा दर्ता गरि अनुसन्धान सुरु गरेको छ ।

मृत बालकको ०८० साउन २१ गते प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा पोस्मार्टम गरि शव वालकको ठुलीआमा कुशमाया विकलाई बुझाएको डिएसपी केसीले बताउनुभयो ।सिर्जना पन्त

Leave a Reply