राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई सरकारबाट दिइएको विभूषण लिलामीमा नराख्न सूचित गर्दै गृह मन्त्रालयले पत्र काटेको छ। गृह मन्त्रालयले विभूषण लिमालीमा राख्नु गैरकानुनी हुने र राखेमा रद्द हुने व्यहोराको पत्र महावीरलाई पठाएको हो।

गृहले पठाएको पत्रमा भनिएको छ  ‘विभूषण ऐन, २०६४ को दफा २६ (१) बमोजिम कुनै नेपाली नागरिक वा विदेशी व्यक्तिलाई प्रदान गरिएको विभूषण निजले कसैलाई बिक्री गरेमा वा बन्धकीमा राखेमा वा विभूषणको मर्यादाविपरीत हुने गरी विभूषणको प्रयोग गरेमा वा कसैलाई प्रयोग गर्न दिएमा नेपाल सरकारले विभूषण रद्द गर्न सक्नेछ।,’

मन्त्रालयले महावीर पुनलाई उद्धृत गरी सामाजिक सञ्जालमा गरिएको पोष्टको आधिकारिता समेत प्रष्ट पार्न मन्त्रालयले पुनलाई आग्रह गरेको छ।केहि समय अगाडि पुनले विरगञ्ज कृषि औजार कारखानाको लागि प्रयोग गर्न भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल लिलामीमा राखेको उधमी आलोक सुवेदीले सामाजिक सञ्जालमा राखेका थिए।

Leave a Reply