केही दिनदेखिको वर्षापछि खसेको पहिरोले म्याग्दीको रघुगंगा गाउँपालिका-८ कुइनेमंगलेको दुवाडी घार गाउँमा पहिरोले ३ घरधुरी पूर्णरुपमा विस्थापित भएका छन् । गाउँ माथिबाट पहिरो आएपछि पहिरोले स्थानीय रि बहादुर विक, तेजबहादुर विक र मनबहादुर विकको परिवार विस्थापित भएको स्थानीय एवम् नेपाल छन्त्याल विद्यार्थी संघका अध्यक्ष अमर भलन्जा छन्त्यालले बताए ।

पहिरोका कारण विस्थापित परिवारका सदस्यलाई स्थानीय नवनिर्मित संग्रालयको भवनमा राखिएको छ ।
आधादशक अगाडी पहिरोले वितण्डा मच्चाएको उक्त बस्तीमा लगातारको बर्षासँगै पहिरो खस्न थालेपछि पहिरोमा च्यापिने डरले उनीहरू घरबार नै छाडेर विस्थापित भएको स्थानीयले बताएका छन् ।

विस्थापितलाई वडाका जनप्रतिनिधि, स्थानीयबासीको सहयोगमा उद्धार र अल्पकालिन पुर्नस्थापना गरिएको छ । गाउँमाथिको पूरै जमीन फाटेका कारण थप जोखिमलाई मध्यनजर गदैं आसपासमा आवतजावतमा समेत रोक लगाइएको छ ।पहिरोले विद्यार्थीलाई पठनपाठनका लागि आवतजावतमा समेत समस्या भएको छ ।

पाँचबर्ष अगाडी पहिरो बगेर बस्तीमा खस्न थालेपछि खेतीयोग्ग जमिन समेत बगरमा परिणत भएको थियो । पहिरो आसपासका क्षेत्रमा स्थानीयले ग्याविन लगाएका छन् । यसैबीच पहिरोको दिर्घकालिन समस्या समाधानका लागि पहल गर्न स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन् ।

Leave a Reply