बेनी–जोमसोम सडक खण्ड अन्तरगत रघुगंगा गाउँपालिका वडा नं २ बैसरीमा गुडिरहेको बोलेरोमाथि पहिरो खस्दा चालक घाईते भएका छन् । सदरमुकाम बेनीबाट बेगखोलातर्फ जादै गरेको ग १ ज ६८२० नंबरको बोलेरोका चालक लोकचन गर्बुजा घाइते भएको प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । चालक गर्बुजा अन्नपूर्ण गाउँपालिका–७ महभीर निवासी हुन् ।

पहिरोग्रस्त क्षेत्रबाट एक्कासी खसेको पहिरोले चालक च्यापिएका थिए । चालकलाई सडकखण्डमा रहेका अन्य चालक, प्रहरी सहितको टोलीले तत्काल बेनी अस्पतालमा ल्याइएको थियो । चालक गर्बुजालाई बेनी अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।

चालकको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डको बैसरीखण्ड अवरुद्ध हुने गरेको छ । लगातारको बर्षा, भिरालो जमिन,भूमिगत पानी, कमजोर भु–वनावट, कालिगण्डकी नदीको कटानले छियाछिया पारेको सडकमा माथीबाट ढुंगा खस्ने भएकाले साउन, भदौ र असोज महिनामा यात्रु र पैदलयात्रीलाई निकै सास्ती हुने गरेको छ ।

Leave a Reply