म्याग्दीको बेनी नगरपालिका वडा नं ४ स्थित थामडॉडा सामुदायिक वन देशभरकै उत्कृष्ट सामुदायिक बन घोषित भएको छ। सामुदायिक वन दिवसको अवसरमा गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारमा दोस्रो पुरस्कार प्राप्त गरेको हो । देशभरका २२ हजार ५ सय सामुदायिक बनहरूमा थामडॉडा सामुदायिक दोस्रो भएको डिभिजन वन प्रमुख मनोज रानाभाटले जानकारी भने ।

‘यो म्याग्दीका लागि खुसीको खवर हो, हरेक सामुदायिक बन नमुना बनाउनुपर्छ’ प्रमुख रानाभाटले भने । थामडाँडा सामुदायिक बनका अध्यक्ष देबबहादुर घलेलाई प्रमाणपत्र, दोसल्ला सहित सहित नगद रु ७५ हजारले सम्मान गरिएको थियो ।

यसबीच सोही अवसरमा डिभिजन वन कार्यालय म्याग्दी सम्मानित भएको छ । वन तथा भूसंरक्षण विभागले डिभिजन वन कार्यालय म्याग्दीलाई बिहीबार सम्मानित गरेको हो ।

वनको संरक्षण, सम्बर्धन, दिगो उपयोग, वातावरण सन्तुलन तथा जैविक विविधता संरक्षणमा वन उपभोक्ता समूह परिचालन मार्फत् उत्कृष्ट ढंगले कार्य सम्पादन गरी आर्थिक वर्ष २०९०÷८० मा जिल्ला अन्तर्गतका समूहलाई पुरस्कृत गराउन भूमिका खेले बापत डिभिजन वन कार्यालयलाई सम्मानित गरिएको हो । बिहीबार काठमाडौमा आयोजित कार्यक्रममा डिभिजन वन प्रमुख रानाभाटलाई सम्मान पत्र प्रदान गरिएको छ । डिभिजन बन कार्यालयले लगातार उत्कृष्ट सम्मान पाइरहेको छ ।

 

Leave a Reply