उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६, घारमा जीप दुर्घटना भएको छ। घारखोला जलविद्युत आयोजना को बा १८ च ८५९० नम्वरको बोलेरो जीप दर्घटना हुदाँ आयोजनाका लेखापाल शुरेश पराजुली गम्भीर घाईते भएका छन् ।
आयोजनाको पोखरबगरेस्थित कार्यालयबाट सोही वडाको अमिलाकाफलस्थित आउटलेटमा जानेक्रममा घुम्तीमा गाडी घुमाउन खोज्दा ब्रेक फेल भै नालीमा पल्टेको थियो ।

घाईते पराजुलीलाई घार स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेर हेलिकप्टरमार्फत थप उपचारका लागि पोखरा लगिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जीपमा घाईते पराजुलीसहित ५ जना सवार थिए । अन्य चारजनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य संयोजक समुन्द बरुवाल सहितको टोलीले प्राथमिक उपचार दिएपछि प्रभु हेलिकप्टरबाट लगिएको हो ।

Leave a Reply