अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

घाँस काट्न रुखमा चढेकी महिला करेन्ट लागेर घाईते

On: August 10, 2023 5:50 PM
Follow Us:
---Advertisement---

म्याग्दीको मंगला गाउँपालिका वडा नं १ कुहुँ पूर्णगाउँमा घाँस काट्न रुखमा चढेकी एक महिला करेन्ट लागेर घाईते भएकी छन् । गाउँको जनआवाज आधारभुत विद्यालय नजिकै रहेको रुखमा घाँस काट्ने क्रममा एक्कासी करेन्ट लागेर घाईते भएकी ४४ बर्षिय मनकुमारी कामी अर्मजालाई विद्यालयका शिक्षकले उद्धार गरेका थिए ।

घाँस काट्ने क्रममा अचानक आवाज आएपछि तत्कालै विद्यालयका प्रअ सुनबहादुर विश्वकर्माले विद्युतका प्राविधिकलाई फोन गरी विद्युत प्रवाहलाई रोकेर उद्धार गरेका थिए । अचेत अवस्थामा रुखबाट उद्धार गरी विद्यालयमा प्राथमिक उपचारलगत्तै बेनी अस्पतालमा रिफर गरिएको थियो । रुखमा अड्किएकी महिलालाई विद्यालयका शिक्षक र स्थानीयबासीले उद्धार गरेका थिए ।