सरकारी विद्यालयमा विद्यार्थीको उपस्थिति टिकाइराख्न दिवा खाजा कार्यक्रम सुरु गरिए पनि कक्षा ६ का लागि बजेट कतौटी गरेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले बजेट सुनिश्चितता गरेको छ ।

बालबालिकाको स्वास्थ्य र पोषणलाई मध्यनजर गर्दै आधारभुत तहका कक्षा ५ सम्म प्रत्येक विद्यार्थीलाई दिवा खाजाको लागि दैनिक १५ रुपैयाँ विनियोजन गरेपनि कक्षा ६ का विद्यार्थीलाई बन्चित गराएपछि गाउँपालिकाको कार्यपालिका बैठकले आन्तरिक बजेटबाट नियमित गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए ।

विद्यालयमा नियमित उपस्थित गराउने उद्देश्यले दिवा खाजा संचालन गरिएकाले पालिकाभित्र रहेका सामुदायिक विद्यालयका १ सय ५० जना विद्यार्थीलाई प्रति विद्यार्थी १५ रुपैयाँका दरले कुल ४ लाख ५ हजार विनियोजन गरिएको उनले बताए । गाउँपालिका अध्यक्ष भरत पुनको अध्यक्षतामा बसेको बैठकले दिवा खाजालाई प्रभावकारी बनाउन वडा कार्यालय, शिक्षा शाखालाई समेत नियमित अनुगमन गर्ने निर्णय भएको छ ।

यसैबीच कार्यापालिका बैठकले बेनी–जोमसोम सडकखण्ड अन्तरगत रघुगंगा गाउँपालिका– २ बैसरीमा गुडिरहेको बोलेरो जीपमा खसेको ढुङ्गा लाग्दा घाईते भएका जीप चालक ४० बर्षिय लुक्चन गर्वुजाको उपचारका लागि ५० हजार सहयोग गर्ने निर्णय भएको छ ।

Leave a Reply