म्याग्दी रघुगंगा गाउपालिका-६,कोटगाउँकी स्तनक्यान्सर पीडित सगुन सेरपुजा मगरको उपचारमा स्वदेश तथा विदेशमा रहेका पाखापानीबासीले सहयोग गरेका छन् । आर्थिक अभाव कारण उपचारमा समस्या झेल्दै आएकी शेरपुजालाई पाखापानीबाट स्वदेश तथा विदेशमा पुगेकाहरुबाट करिब १० लाखभन्दा बढी आर्थिक सहयोग भएको छ ।

ललितपुरस्थित नेशनल हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रालिमा उपचार गराइरहेकी सेरपुजालाई सहयोग जुट्ने क्रम जारी रहेको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताए ।

उनका अनुसार उपचारमा आवश्यक पर्ने खर्च जु्टाउने अभियानमा पाखापानीबासीको अगुवाईमा सहयोग संकलन भइरहेको बताए। सहयोगसँगै पीडितको खेतमा समेत स्थानीयले श्रमदान गरेको उनले बताए ।

पीडित सेरपुजाको अभियानमा अस्टेलियाबाट ४ लाख १३ हजार ४ सय, जापानबाट ५२ हजार, अमेरिकाबाट ८० हजार, पोर्तुगलबाट ९५ हजार, साइप्रस ७५ हजार, हङकङबाट २ लाख ६५ हजार सहित विभिन्न देशबाट सहयोग जुटेको छ । आर्थिक संकलन अभियानमा ब्यक्तिगत र सस्थागत सहितको सहयोगलाई क्रमश सार्वजनिक गरिने वडा अध्यक्ष शेरपुञ्जाले बताए ।

‘उपचारमा धेरै खर्च लाग्ने भएकाले थप सहयोग जुटाउनुपर्छ,‘‘कम्तिमा २० लाख खचर्ए हुन्छ,‘सबैको साथ र सहयोगको आवश्यकता छ’ उनले भने ।

श्रीमानको मृत्यु पश्चात् खेती किसान तथा स्थानीय मेला पर्वहरुमा होटल, भट्टी गरेर ३ छोरीलाई पालनपोषण र शिक्षा दिक्षा दिदै आएकी सगुनलाई चिकित्सकको निगरानीमा राख्नुपर्छ । स्तनक्यान्सरको नियमित उपचारपछि निको हुने चिकित्सकको भनाई छ । स्तनक्यान्सरका बिरामीमध्ये ७० देखि ८० प्रतिशतसम्म र तेस्रो अवस्थाका बिरामीमा ६० प्रतिशतसम्म स्तन क्यान्सर निको हुने सम्भावना रहन्छ ।

Leave a Reply