पुछारमा कलकल बगेको म्याग्दी नदी । नदीको तट (किनार)मा लमतन्नै परेको खेतको फाँट । परम्परागत र आधुनिक शैलीका घरले चिटिक्क सिंगारिएको बगरफाँट गाउँ । गाउँको सिरानमा घना जंगल । जंगलको माथि पट्टि विशाल भीर । त्यही भीरको मुख्य पहाडनै काटिएर अंग्रेजी अक्षर भी आकारमा माथिदेखि तल फैलंदै अर्धसोली आकारमा झरेको पानी उड्ने कोप्रे झरना हिजोआज धेरैको आकर्षणको केन्द्र विन्दु बन्दै गइरहेको छ ।

म्याग्दीको बेनी नगरपालिका ३ दुधेखोला स्थित यो झरना अबलोकनका लागि यहाँ आन्तरिक पर्यटकहरुको आवागमन बढ्दै जान थालेपछि झरनाको चर्चा पनि व्यापक वन्दै गएको छ । म्याग्दीको सदरमुकाम बेनीबजारको म्याग्दी पुल तरेर पश्चिम हाँडेभीर सुर्केमेला बरंजा सडकखण्डतर्फ लाग्दा बगरफाँटमा रमणीय धानका हरिया फाँटहरु कटेपछि यो झरनामा पुग्न सकिन्छ ।

म्याग्दी खोलाको काखमा सुन्दर शान्त बगरफाँट बस्ती र शिरमा झर्ने बिभिन्न झरनाहरु हेर्दै करिब २ किलोमिटरको यात्रा पछि पुगिन्छ कोप्रे झरनामा । करीब २ सय मिटर उचाई रहेको कोप्रे छहरा र पाँच सय मिटर उचाइ रहेको यो झरना मुख्य सडकको १ सय मिटर दक्षिणी भागमा अवस्थित छ । यहाँ दैनिक ५० देखि २ सय युवाहरु रमाउन आउने गर्दछन् ।

यहाँ दुईवटा झरना रहेका छन् । एउटा कोप्रे र अर्को उडाइनो झरना । यी दुवै भरना युवक युवतीहरुका लागि खुसीका अनमोल खजाना बनेका छन् । युवा युवतीहरु यहाँ आएर रमाइलो गर्दै दिन विताउने गरेका बेनी नगरपालिका २ का युवा कमल जिसीले बताउनुभयो ।बेनी नगरपालिका २ बगरफाँटमा पर्ने उडाइनो झरना र बेनी नगरपालिका ३ भकिम्लीको दुधेखोलामा पर्ने कोप्रो झरना दुवै वडाका आकर्षक झरना हुन् ।

बेनपा ३ भकिम्लीको तोराखेतवाट झर्ने उडाइनो झरना र कोप्रे झरना पानीको स्थायी स्रोत नहुँदा हिउँदमा सुक्ने र बर्खामा वग्ने गर्दछन् । पूर्वाधार विकास र प्रचारप्रसार गर्न सके आकर्षक पर्यटकीय गन्तव्य स्थलको रुपमा विकसित हुँदै गरेको लभहिल,टोड्के,भकिम्लीको स्वर्गाश्रम जस्तै अर्को पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयको भनाइ छ ।

आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने सम्भावना भएको झरना करीब दुईसय ५० मिटर अग्लो छ । झरना सदरमुकाम बेनीबजारदेखि करिव ४५ मिनेटको दुरी र बेनी—बगरफाँट—वरंजा सडकअन्तर्गत बगरफाँट गाउँबाट एकहजार मिटर दक्षिणमा पर्दछ । बेनपा ३ भकिम्लीको तोराखेतवाट झर्ने सो झरना पानीको स्थायी स्रोत नहुँदा हिउँदमा सुक्ने र बर्खामा वग्ने गर्दछ । पूर्वाधार विकास र प्रचारप्रसार गर्न सके आकर्षक पर्यटकीय गन्तव्य स्थलको रुपमा विकसित हुँदै गरेको

लभहिल,टोड्के,भकिम्लीको स्वर्गद्धारी आश्रम जस्तै अर्को पर्यटकीय गन्तव्य बनाउन प्रयास गरिने बेनी नगरपालिका वडा नं ३ का वडाअध्यक्ष पदमबहादुर पुनले बताउनुभयो ।म्याग्दीका बुद्धिजीवि एवम् इतिहाँसका अध्येता चन्द्रप्रकाश वानियाँले म्याग्दी नदीको पानी लिफ्ट गरेर भएपनि झरनालाई निरन्तरता दिनुपर्ने बताउनुहुन्छ । सो झरनाका कारण सदरमुकाम बेनी र बगरफाँटको मात्रै नभै पुलस्त्य

डाँडो,ढोलठाना,मल्लाज,गाजने र टोड्केको समेत प्राकृतिक सुन्दरतामा आकर्षण थपिने उहाँको भनाइ छ ।रमणीय जंगलको बीचमा रहेको झरना वरिपरि जंगली जनावर र पुशपंक्षीको बासस्थानसमेत छ । प्राकृतिक स्वरुप नबिग्रने गरि सुविधायुक्त पर्यटकीय पूर्वाधार व्यवस्थापनका लागि योजना बनाएर यसको विकासमा लाग्न स्थानीयले नगरपालिकासंग माग गरेका छन् ।

अन्य दिनभन्दा छुट्टिको दिनमा यहाँघुम्न आउनेको संङ्ख्या बढी हुने गरेको पाइएको छ भने किशोर किशोरी र युवा समुहले बढी अबलोकन गर्ने गरेका स्थानीयवासीको भनाइ रहेको छ । यी दुई झरना पर्यटकीय स्थल लव्ली हिल पछिको दोश्रो बढी तस्वीर खिचिने स्थान भएको बेनीबाट झरनामा घुम्न आउनुभएका कृष्ण श्रेष्ठले बताउनुभयो ।

पैदल वा सवारी दुबैको प्रयोग गरी पुग्न सकिने यस छहरालाई व्यवस्थित गरी प्रचारप्रसार गर्न सकिएमा म्याग्दीको पर्यटनमा थप इट्टा थपिने उहाँको भनाइ छ । यहाँ पर्यटकीय पूर्वाधाराको विकास गर्ने हो भने भकिम्ली बेलढुंगा तथा मंगला गाउँपालिकाको झाँक्रीपानी सम्म पुग्ने आन्तरिक पर्यटको संख्यामा बृद्धि हुने यहाँ पुग्ने युवाहरुले बताएका छन् ।

रमणीय जंगलको बीचमा रहेको झरना वरिपरि जंगली जनावर र पुशपंक्षीको बासस्थानसमेत छ । प्राकृतिक स्वरुप नबिग्रने गरि सुविधायुक्त पर्यटकीय पूर्वाधार व्यवस्थापनका लागि योजना बनाउनुपर्ने स्थानीयको माग रहेको छ ।

Leave a Reply