पर्वतको कुस्मा नगरपालिका–७,दुर्लुङकी १३ बर्षिया अरुणा नेपालीको बेलाबखत नाकबाट रगत बग्थ्यो । पछिल्लो ७ महिना यता नाक नठोक्किई नियमित जस्तै रगत बग्छ थालेपछि चिकित्सकलाई देखाउँदा नाकमा क्यान्सरको लक्षण देखिएको चिकित्सकले जानकारी दिएपछि आमा सुनिता कुमारी नेपाली छागाबाट खसेजस्तै भइन् ।

लामो समयसम्म लगातार रगत बगिरहेको अवस्थामा चिकित्सकले क्यान्सरको लक्षण सहितको जानकारी दिएपछि घरजग्गा धितो राखेर छोरीको उपचारमा जुटेकी सुनितालाई अहिले आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेको छ ।

पर्वत जिल्ला घर भई हाल नवलपरासीमा बस्दै आएकी सुनिताले वित्तिय संस्थामा धितो राखेर लिएको ५ लाख र आर्थिक सहयोग जुटेको २ लाख सकिएको छ ।पाटन अस्पताल र भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी अरुणाको उपचारमा नियमित लाग्ने खर्च समेत नभएको आमा सुनिताले बताईन् ।

‘फेसबुकमा फोटो हालेर संकलन भएको पैसा पनि सकियो,‘पैसा नहुँदा अस्पतालको शैयामा छोरी जीवन मरणको दोसाधमा छट्पटाइरहेकी छन्’ आमा सुनिताले भनिन् ।उनले सरकारले उपलब्ध गराउने विपन्न बापतको सहयोग एक दिनमै सकिएको बताईन् । उपचारमा १५ देखि २० लाखसम्म खर्च हुने उनले बताईन् ।नियमित औषधी सहितको खर्च नहुदाँ उपचारमै समस्या भएपछि सुनिताले सहयोगको याचना गरेकी छन।

‘भएको जग्गाजमिन धितो राखेर उपचार गर्दा पनि पुगेन,‘सहयोग जुटाउन नसके घर फर्किनुपर्ने अवस्था छ’ सुनिताले भनिन्। उनले स्वदेश तथा विदेशमा रहेका पर्वतबासीलाई आर्थिक सहयोग गरी छोरीको जीवन रक्षा गरिदिन अनुरोध गरेकी छन् ।

नाकबाट लगातार रगत बगेमा नाकमा ट्यूमर पलाएमा पोस्टिरियल नोज व्लिडिङ हुन्छ । यसैबीच म्याग्दीको मंगला गाउँपालिका वडा नं १ कुहुँका पूर्ण रोकाले मलेसियामा रहेका नेपालीबाट २० हजार ७७२ रुपैयाँ सहयोग गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ मोना मलेसियाका अध्यक्ष समेत रहेका रोकाले आर्थिक अभावकै कारण उपचारमा समस्या भएको जानकारीपछि सहयोग गरेको बताए ।

सहयोगका लागि सुनिता कुमारी नेपालीको फोन नं : 9748438381

 

 

Leave a Reply