ठाडोखोलामा आएको बाढीले वस्ती नजिकैको करिव १० रोपनी जग्गामा क्षति पु¥याउनुका साथै दुईवटा घर र गोठ जोखिममा परेका स्थानीय बेल चोखालले जानकारी दिए ।

बाढी आएर क्षति पु¥याएको जानकारी प्राप्त भएपछि बेनी नगरपालिकाका मेयर सुरत केसी घटनास्थलमा पुगेर बाढी रोकथामका लागि स्थानीयसँग आवश्यक छलफल गरेका मेयर केसीको सचिवालयले जनाएको छ ।

यसैगरी वर्षाका कारण म्याग्दीका मुख्य र ग्रामीण सडक अवरुद्ध भएका छन् । बेनी–जोमसोमलगायत म्याग्दीका अधिकाँश ग्रामीण सडकहरु अवरुद्ध भएका छन् ।वर्षाका कारण पहिरोले सडक अबरुद्ध भए पछि पाँच दिनका लागि बेनी जोमसोम सडक बन्द गरिएको छ भने जिल्लाको आठवटा ग्रामीण सडक अवरुद्ध भएका छन् ।

त्यसैगरी ग्रामीण सडक अवरुद्ध हुँदा तरकारी लगाएतका स्थानीय उत्पादन विक्री वितरणमा समस्या भएको किसानहरुले बताएका छन् । गाडी गुड्ने सडकमा खोला बगेको छ । बेनी–पहिरो र हिलोेका कारण बेनी–दरवाङ, बेनी–मालढुङ्गा, बेनी–बागलुङ सडकखण्डमा पनि सवारी चलाउन कठिन भएको बेनी–दरवाङ सडकखण्डका सवारी चालक टेकबहादुर पुनले बताए ।

‘तोराखेत र बाङ्गेभीरमा लगातार पहिरो खसिरहेको छ, पहिरोका कारण सहजरुपमा सवारी साधन आवतजावत हुन सकेका छैनन्,कतिबेला ठूलै पहिरो खसरे सत्यानास बनाउने हो भन्ने त्रास छन्,’ पुनले भने ।

पहिराले बेनी–जोमसोम सडकसहित म्याग्दीका भित्री सडक अवरुद्ध भएका छन् । शुक्रवार साँझदेखिको अविरल वर्षाका कारण झरेको पहिराले बेनी–जोमसोम, बेनी–दरबाङ र जिल्लाका भित्री सडक अवरुद्ध भएका हुन् ।

बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध हुँदा ठूलो समस्या उत्पन्न हुने गरेको छ । हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा माथिबाट पहिरो र तलबाट नदी कटानले गर्दा विभिन्न नौ ठाउँमा अवरुद्ध हुने गरेको छ भने पश्चिम म्याग्दी र बागलुङका १४ वटा गाउँलाई जोड्ने बेनी–दरबाङ सडकको समस्या पनि बेनी–जोमसोम सडकको जस्तै रहेको यातायात व्यवसायीले बताएका छन् ।

यहाँ सडक माथिबाट ढुङ्गासहितको पहिरो आउने र म्याग्दी नदीको कटानका कारण सडक भासिने गरेको छ ।छ किलोमिटर दूरीको बेनी–पुलाचौर, आठ किमी दूरीको बेनी–बरङ्जा र सात किमी दूरीको बेनी–झीँ सडकमा पनि साना यातायातका साधन मात्र सञ्चालन भएका छन् ।
यहाँका सडक अवरुद्ध भएपछि टाढा–टाढा पुग्ने यात्रु बीच बाटोमा अलपत्र परेका छन् ।

Leave a Reply