सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) नेपाल गण्डकी प्रदेश समितिको कुलपतिमा म्याग्दीका बालकृष्ण सुवेदी चयन भएका छन्। म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिर परिसरमा भएको प्रदेशको दोस्रो अधिवेशनबाट सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । प्रदेशस्तरीय सुवेदीको भेलाले केन्द्रिय सदस्यमा लक्ष्मी सुवेदीलाई मनोनित गरेको छ ।

भेलामार्फत गण्डकी प्रदेशको सदस्यमा रामप्रसाद सुवेदी, हरीकृष्ण सुवेदी, ध्रुव सुवेदी, गंगाखत्री सुवेदी रहेका छन् । त्यस्तै प्रदेशसंगै गलेश्वरमा भएको म्याग्दीको तेस्रो जिल्ला अधिवेशनबाट सुवेदी क्ल्याण प्रतिष्ठान म्याग्दीको अध्यक्षमा ज्ञानेन्द्र सुवेदी सर्वसम्मत चयन गरेको छ ।

त्यस्तै समितिको उपकुलपतिमा रामप्रसाद सुवेदी, कुल सचिवमा सन्तोष सुवेदी, कुल कोषरक्षकमा मदन सुवेदी, कुल उपसचिवमा कमला सुवेदी रहेका छन् । सदस्यहरुमा गोरखनाथ सुवेदी, नेत्रराज सुवेदी रहेका छन् । सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) नेपालले आफ्नो कुलभित्रका विभिन्न गतिविधिलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।गण्डकी प्रदेशभित्र छरिएका सुबेदीहरुको भेलाबाट चयन भएको प्रदेश र जिल्लास्तरीय समितिले आफ्नो कार्ययोजना सहित अगाडी बढ्ने जनाएको छ ।

 

 

Leave a Reply