जातिय तथा सामाजिक कार्यमा सक्रिय भरतपुर पुन समाजलाई मोना यूकेका पूर्व अध्यक्ष कमलबहादुर पूर्जाले २ लाख आर्थिक सहयोग गरेका छन् ।

भरतपुरमा बसोबास गर्ने साविकको धौलागिरी अञ्चल भित्रका पुन समुदायको साझा संस्था समाजको संस्थागत विकास तथा विभिन्न गतिविधिलाई निरन्तरता दिन समाजसेवी पूर्जाले एक कार्यक्रमका बिच उक्त सहयोग हस्तान्तरण गरेका छन् ।

सहयोग समाजका कार्यवाहक अध्यक्षे शेरबहादुर पुनलाई हस्तान्तरण गदै पूर्जाले धार्मिक तथा सामाजिक कार्यमा पुन समाजको योगदानको सधै सम्मान गर्ने बताए । उनले संस्थाका हरेक गतिविधिमा सहयोगी भूमिका खेल्ने समेत बताए ।

उनले यसअगाडी १ लाख र पर्वतारोही निर्मल पूर्जाले ५० हजार समेत सहयोग गरिसकेका छन् । समाजका कार्यवाहक अध्यक्ष पूनले सहयोगी मनका धनी पूर्जा परिवारबाट संस्थागत विकासमा निरन्तर सहयोग रहेको बताए । उनले भरतपुर आसपासमा बसोबास गर्नेहरुको धार्मिक तथा सामाजिक कार्यमा समाजमार्फत विभिन्न कार्यहरु गरिने बताए ।

Leave a Reply