मुस्ताङको कागबेनीमा बाढी आएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ मा पर्ने मुक्तिनाथबाट आउने कागखोलामा बाढी आएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए ।

बाढीले १० वटा घर बगाएको छ । माथिल्लो मुस्ताङ जोड्ने पक्की पुल नै बगाएको छ ।उनका अनुसार समयमै सूचना सावधानी अपनाएकाले मानवीय क्षति भएन ।

“कालिगण्डकी आंशिकरूपमा थुनिएको हो । १० वटाजति घर बगाएको छ । एउटा पक्की पुल बनाएको छ । वित्युत्को पोल बगाएको छ । मानवीय क्षति हुन पाएन,” उनले  भने ।

कालिगण्डकी आंशिकरूपमा थुनिएकाले म्याग्दीमा पनि सावधान रहन भनिएको छ ।

Leave a Reply