---Advertisement---

आँखा पाक्ने रोगको संक्रमण फैलिएपछि चार दिनका लागि विद्यालय बन्द

On: August 14, 2023 6:31 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिकामा आँखा पाक्ने रोगको संक्रमण फैलिएपछि चार दिन बन्द विद्यालय बन्द गरिएको छ । बेनी बजार तथा ग्रामिण क्षेत्रका विद्यालयमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएपछि बेनी नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाकाले विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य कार्यालयका प्रतिनिधिको समेत समन्वयमा बसेको बैठकबाट साउन ३० गतेदेखि भदौ १ गतेसम्मका लागि पठनपाठन बन्द गर्ने निर्णउ गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकालले बताए ।

बेनीबजारमा निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा आँखा पाक्ने समस्या धेरै देखिएको छ। विद्यार्थीमा आँखा पाक्ने रोगको प्रकोप बढेपछि सामुदायिक तथा संस्थागत विद्यालयले समेत समस्या देखिएका विद्यार्थीलाई घर पठाउने गरेको थियो ।

यसैबीच नेत्रज्योती संघ म्याग्दीको आँखा उपचार केन्द्रमा समेत दैनिक आँखामा समस्या देखिएका बिरामीको चाप बढ्ने गरेको केन्द्र प्रमुख दिनेश बानियाँले बताए । उनका अनुसार आँखा पाक्ने रोगबाट बालबालिका बढी प्रभावित भएका छन्। आँखा पाक्ने रोग एडिनो भाइरसले गर्दा हुने भएकाले समस्या देखिएकालाई ४ दिनदेखि २४ दिनसम्म निको हुन समय लाग्छ।