म्याग्दीको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेत अन्तर्गतको बेनी–दरबाङ्ग सडक खण्डको वैकल्पिक माग खोजिने भएको छ । म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा उक्त सडक खण्डको बैकल्पिक मार्ग खोज्न लागि परेका छन् ।
यहाँ करिब १८ वर्षअघि सडक मार्ग खोल्नुपूर्व नै पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुदाँ यस खण्डमा वर्षायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ । पश्चिम म्याग्दीको लाइफलाइन मानिएको मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनी जोड्ने सडक वर्षायाममा निकै जोखिमपूर्ण बन्दै गएको सांसद गर्बुजाको भनाइ छ ।
हालसम्म उक्त सडकखण्डमा राज्यको करोडौ खर्च भएपनि समस्याको समाधान हुन नसकेको गर्बुजाले बताए । वर्षेनी खर्च गर्नुभन्दा अब नेपाल सरकारले यसको विकल्प खोजी दीर्घकालीन समाधान दिनुपर्ने उनले बताए ।
यसको दीर्घकालीन समस्याको समाधानका लागि पखेर र पहिरो भन्दामाथि म्याग्दी नदीमा बेलीब्रिज जडान गरेर वैकल्पिक मार्ग खोल्नुपर्ने हुन्छ,’ सांसद गर्बुजाले भने ।