बेनी नगरपालिका–७ कुरिलाखर्कका युवा सुरेश ढुंगानाले एक दशक खाडीमुलका विभिन्न देशमा विताए । बि.स २०७० सालमा नेपाल फर्किदा ढुंगानाले खाडी मुलुकको कतार, यूएई, बहराईन र साउदी अरव फन्को मारिसेका थिए । खाडीबाट फर्किदा ल्याएको आर्थिकबाट ढुंगानाले एउटा भैंसी र गाई खरिद गरे । करिब ५ लाख लगानीबाट पशुपालन सुरू गरेका ढुंगानाले हरेक बर्ष दुध बचेको आम्दानी पशुपालनकै क्षेत्रमा लगानी गरे । ढुंगान कृषि तथा पशुपालन फार्म दर्ता गरी बैदेशिक रोजगारीलाई बिट मारेर पशुपालन व्यवसायबाट गाउँ–घरमै मनग्ये आम्दानी गर्न थालेका छन् ।

एउटा गाई र भैसी र सामान्य संरचनाबाट पशुपालनमा प्रवेश गरेका ढुंगानाको फार्ममा अहिले ३३ वटा गाईभैसी छन् जसमा २२ वटा दुहुना गाईभैसी छन् भने ११ वटा ब्याउनी गाईभैसी छन् । ‘विदेशबाट फर्किएपछि केही समय फर्किने योजना बनाएको थिए, दुईवटा गाईभैसीबाट आम्दानी हुन थालेपछि पासर्पोट नै फालिदिए’ ढुंगानाले भने । उनले कृषि र पशुपालनबाट दीर्घकालीन रुपमा मनग्य आम्दानी गर्न सकिने बताए ।

फार्म निर्माण र गाईभैसी खरिदमा ५ लाख लगानी गरेकोमा अहिले करिब १ करोडको संरचना सहित गाईभैसी रहेको बताए । उनले ४ जनालाई रोजगारी समेत दिएका छन्। उनले दैनिक २ सय लिटरसम्म दूध उत्पादन हुन्छ । बार्षिक ६० देखि ७० लाखको दुध मात्रै बिक्री गर्ने गरेका ढुंगानाको २ वटा फार्ममध्ये एउटामा ब्याउनी गाईभैसी र अर्कोमा दुहुना राखिएको छ । स्थानीय र मुर्रा जातका दुहुना भैंसी, जर्सी गाई, बाच्छाबाच्छी गरी जम्मा ३३ वटा छन् ।

अहिले महंगीले सोचेजस्तो आम्दानी नभएपनि सबै खरिद गर्नुपर्ने भएपनि पेशामा पूर्णरुपमा सन्तुष्ट रहेको ढुंगानाको भनाई छ । सिधै गोठबाट डेरीमा पानीरहित दुध पुग्ने भएकाले ढुंगानालाई दुध बिक्रीमा कुनै समस्या छैन् । उनले प्रतिलिटर १ सय २० रुपैयाँमा डेरीलाई दुध बिक्री गर्ने गरेका छन् ।

आफ्नो पुख्र्यौली र भाडामा लिएको जग्गामा उन्नतजातको घाँस समेत लगाएको र पशुपालनबाटै जग्गा सहितको संरचना समेत खरिद गरेर फार्म विस्तार गरेको बताए । उनले बेनीमा रहेको धौलागिरी डेरी उद्योगमा सबै दुध खपत गर्ने गरेका छन्।

उनले मलमूत्रको सदुपयोगका गरी घाँस खरिद गर्ने किसानलाई र घाँस उत्पादनमा समेत खर्च गर्ने गरेका छन् । म्याग्दीका दुग्ध उत्पादन कृषकका अगुवा समेत रहेका यूवा ब्यवसायी ढुंगानाले विदेशबाट फर्किएका यूवाहरूले गरेको कृषि र पशुपालन फस्टाउनुमा प्रदेशको दुख र मेहनत नै प्रमुख कारण भएको बताउँछन् ।

उनले विदेशमा गरेको लगानी आफ्नै ठाउँमा गर्ने वातावरण भएपनि महंगीले लगानी नै संकटमा पर्ने अवस्था आएको बताए। उनले कृषकलाई अनुदानले झनै अल्छी बनाएको बताउँदै सरकारी अनुदान उपकरणमा नभई किसानको समस्या अनुसार दिनुपर्ने बताए । अनुदानले पनि धेरै कृषक पेशामा टिक्न सक्ने आधार भएपनि पहुँचमा अनुदान लुट्ने प्रबृत्तिले नमुना कृषक नै विस्थापित हुने अवस्था आएको बताए ।

उनले राजनीतिक पहुँचका आधारमा अनुदान लिनेहरुकै कारण कृषकका समस्या जस्ताको त्यस्तै रहेको बताए । कृषकलाई अनुदान रकम नभई सहुलियतमा कर्जा सुविधालाई समेत तीनै तहका सरकारले प्राथमिकता दिएमा सहज हुने बताए । सार्वजनिक र ब्यक्तिको पाखो भाडामा लिएर घाँस समेत लगाएका छन् ।

बेनीबजारको धवलागिरि डेरी उद्योगमा दैनिक २ सय ४० लिटर दूध पु¥याउने गरेका छन् । ढुंगानाले साँझ र बिहान गरी दिनमा दुईपटक मोटरसाइकलबाट बेनीमा दुध पु¥याउँछन्। पाँच रोपनी जग्गामा फर्म बनाएका उनले आसपासका क्षेत्रमा बस्नी भएकाले मलमूत्रको ब्यवस्थापनका लागि थप २ रोपनी जग्गा खरिद गरेको बताए ।

उनले भैंसी पालनसँगै उनले कुखुरा पनि पालेका छन्। ढुंगानाको फर्ममा १ हजारको हाराहारीमा ब्रोइलर कुखुरा बिक्रीका लागि तयारी अवस्थामा छन्। दुवै व्यवसायबाट हुने आम्दानीबाट उनी पूर्णरुपमा सन्तुष्ट छन् । सुरेश ढुंगानाले गण्डकी प्रदेशबाट उत्कृष्ट कृषि पुरस्कारबाट सम्मानित भएका छन् । म्याग्दीका अगुवा कृषक ढुंगाना लाई गण्डकी प्रदेश कृषि तथा भुमी ब्यवस्था मन्त्रालयबाट प्रदेशकै उत्कृष्ट कृषकको रुपमा नगद २० हजार सहित सम्मान प्राप्त गरेका छन् भने बेनी नगरपालिका वडा नं ७ सहित अन्य दर्जनको हाराहारीमा पुरस्कार प्राप्त गरेका छन् ।

 

Leave a Reply