रघुगंगा गाउँपालिका– ६ कोटगाउँको सनराईज युथ क्लवको १४ औं स्थापना दिवसको अवसरमा क्यान्सर पीडित आर्थिक र विपन्न परिवारलाई ओढ्ने ओछ्याउने कपडा सहयोग गरेको छ । क्लवले सामाजिक क्षेत्रमा गर्दै आएका कामहरुलाई निरन्तरता दिदै यस वर्षको बार्षिक कार्यक्रमको अवसरमा क्लवका निर्वतमान अध्यक्ष छमन पुनले काठमाण्डौमा उपचार गराईराख्नुभएकी स्तन क्यान्सर पीडित सगुन शेरपुञ्जालाई १० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

क्लव अध्यक्ष तिपेन पुनको नेतृत्वमा गाउँमा रहेको विपन्न परिवारका सदस्य मातविर बिकलाई ओढ्ने ओछ्याउने फाईबर सिरक, सिरानी र डस्ना सहयोग उपलब्ध गराउनु भएको छ। खेलकुद तथा सांस्कृतिक कार्यक्रमसंगसगै सामाजिक कार्यमा सक्रिय यस क्लवले आगामी दिनमा सामाजिक विकास र एकतामा कार्ययोजना बनाएर निरन्तर अघि बढ्ने क्लव अध्यक्ष पुनले बताउनुभयो ।

२०६६ सालमा स्थापना भएको यस क्लवले दुईवटा क्लव भवन र सुविधासम्पन्न खेलकुद मैदान निर्माण गरेको छ। समाजमा हुने विभिन्न घटनामा आर्थिक तथा भौतिक सहयोगमा क्लवका युवाहरु सक्रिय रहेको वडाअध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो ।

Leave a Reply