म्याग्दीको सदरमुकाम बेनीबजारमा बेवारिसे अवस्थामा रहेका एक भारतीयको टोलबासीले उद्धार गरेका छन् । बेनी नगरपालिका-७,बिरेन्द्रचोक टोल विकास समिति करिब ४ महिनादेखि टोलमा सडकपेटी र सार्वजनिकस्थलमा बेवारिसे अवस्थामा बस्दै आएका एक भारतीयलाई नगरपालिकाको सहयोगमा उद्धार गरेको हो ।

टोल विकास समितिका अध्यक्ष महेन्द्र श्रेष्ठका अनुसार टोलबासीले विहान,बेलुका खाना दिने, लत्ताकपडा सहयोग गर्ने गरेको अवस्थामा बृद्धले आफ्नो घर पश्चिम बंगालको गडवाल भन्ने ठाउँमा भएकाले घरमा जाने भाडा नभएको बताएपछि सहयोग जुटाएर पठाइएको बताए । ’केही नगद सहित बाटो खर्च, बसको टिकट समेत लिएर रक्सौलसम्म पठाएका छौ,‘जाने बेलामा उनी निकै खुसी देखिन्थे’ श्रेष्ठले भने । बृद्धलाई केही आर्थिक समेत सहयोग गरिएको छ ।

टोल विकास समितिका पदाधिकारी सहित नगर प्रहरी प्रमुख शंकर पौडेल सहितको उपस्थिती रहेको थियो । टोल विकास समितिले नगर प्रमुख सुरत केसी, वडा अध्यक्ष रमेशकुमार श्रेष्ठसँग समेत समन्वय गरी उद्धार गरेको थियो । बेनीबजारको नमुना टोल विकास संस्थाले नियमित सरसफाई, सार्वजनिक खानेपानी सहित विभिन्न गतिविधि सञ्चालन गर्ने गरेको छ।

Leave a Reply