आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बेनी शाखाको आयोजनामा आज (आइतबार) अवार्ड वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । गएको आर्थिक वर्ष २०७९÷०८० मा उत्कृष्ट हुने एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुलाई अवार्ड वितरण गरी सम्मान गरिएको हो ।

कम्पनीको छैटौं वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रमको आयोजना गरी अवार्ड वितरण गरिएको आईएमई लाइफ ईन्स्योरेन्स बेनी शाखाले जनाएको छ । गत आवमा उत्कृष्ट बीमा सङ्कलन गरी प्रथम हुने सिर्जना केसी, द्वितीय लक्ष्मी भण्डारी कार्की र तृतीय सुगम श्रेष्ठलाई अवार्ड वितरण गरी सम्मान गरिएको छ । यसैगरी टिम बिजनेसमा प्रथम लक्ष्मी भण्डारी कार्की, द्वितीय सन्जु बरुवाल र तृतीय सुमन श्रेष्ठ गिरी हुनुभएको छ ।

त्यस्तै धेरै बीमा सङ्कलन गर्नेमा समीक्षा पटेल र अभिकर्ता धेरै बनाउनेमा सुष्मा क्षत्री जिसीलाई पनि अवार्डमार्फत सम्मान गरिएको छ । कार्यक्रममा उत्कृष्ट हुनेलाई अवार्ड वितरण गरी सम्मान गर्दै कम्पनीका गण्डकी प्रदेश प्रमुख कर्मराज पौडेलले सुरक्षित भविष्य, बचत तथा जोखिमको बहनका लागि जीवन बीमा अत्यन्त आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले गाउँगाउँमा जीवन बीमासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँदै सबैले अनिवार्य रुपमा बीमा गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा एजेन्सी म्यानेजरहरु सुगम श्रेष्ठ, लक्ष्मी भण्डारी कार्की र सुमन श्रेष्ठ गिरीले अनुभव सुनाउनुभएको थियो । कार्यक्रम कम्पनीका धौलागिरि अञ्चल प्रमुख कृष्ण पौडेलको अध्यक्षता, बेनी शाखा अप्रेशन इन्चार्ज कल्पना बानियाँ खड्काको स्वागत र एजेन्सी म्यानेजर लक्ष्मी भण्डारी कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply