पश्चिम म्याग्दीको दरबाङमा अवस्थित पश्चिम म्याग्दी युथ क्लवमा आवद्ध युवाहरुले क्लवको २६ औं स्थापना दिवसको अवसरमा सोमबार पुल र सडक क्षेत्रको सरसफाइ गरेका छन् ।
लामो इतिहास बोकेको पश्चिम म्याग्दी युथ क्लव पश्चिम म्याग्दीको गर्बिलो संस्था भएकोले र विगतमा पनि विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आएको स्थानीय बौद्धिक युवा एवम् के.वि एकेडेमी दरबाङका प्रिन्सिपल विमल शर्माले जानकारी दिनुभयो । क्लवका सदस्य एवम् स्थानीय समाजसेवीहरुको सहभागिता रहेको उक्त सरसफाइ कार्यक्रममा निस्कोट–धारापानी,देविस्थान–ताकम धारापानी जोड्ने मोटरेवल पुल र सडकको सरसफाइ गरिएको हो ।
क्लवका अध्यक्ष खिम पुनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हालैमात्र जिल्ला फुटबल संघ म्याग्दीमा निर्वाचित हुनुभएका क्लवका उपाध्यक्ष निशान गुरुङलाई बधाई ज्ञापन गरिएको थियो ।

Leave a Reply