काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ मा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । धौलागिरी यातायात प्रालिद्धारा सञ्चालित प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको हो ।

बसमा टिकट काटेर म्याग्दीका ६ जना यात्रु सवार रहेको बुझिएको छ। पोखरा, पर्वत र बागलुङका सहित म्याग्दीका टेकबहादुर जि,अन्जु राना, प्रविन पुन, पुनम रहेका छन् । यात्रुको ठेगाना खुलेको छैन । बसका चालक समेत म्याग्दीकै दिपक ठकुरी र सहचालक रोशन हुन् । ‘अहिलेसम्म यात्रु र चालकको पहिचान हुन सकेको छैन,‘टिकट काटेका बाहेक पनि म्याग्दीका हुनसक्छन’ उद्धारमा खटिएका एक ब्यक्तिले भने ।

उनका अनुसार चालक समेत बससँगै खसेको अनुमान गरिएकाले अहिले सम्पर्कविहिन छन् । मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्। घाइते ८ जनाको उद्धार भएको छ। घाइते पाँच जनालाई काठमाडौं पठाइएको छ । गजुरीको छहरानजिकैबाट त्रिशुलीमा बस खसेको थियो । बसको आधा भाग पानीमा डुबेको अवस्थामा छ। घाइतेहरूको उद्धार गरी, गजुरी स्वास्थ्य चौकी, गजुरी अस्पताल र राजमार्ग अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply