म्याग्दी घर बताउने एक महिला काठमाण्डौमा अलपत्र परेकी छन् ।मानसिक सन्तुलन कमजोर भएकी एशिला राना मगर भन्ने महिला काठमाण्डौमा अलपत्र अवस्थामा उद्धार गरिएको छ ।

काठमाण्डौको ठमेलमा बेवारिसे अवस्थामा भेटिएपछि महिलालाई अस्पतालमा उपचारपछि सुनाकोटीस्थित सुधार केन्द्रमा पठाइएको उद्धारमा संलग्न तुलसी श्रेष्ठले बताए । ‘उहाँ अलपत्र परेको धेरै भयो,‘म्याग्दीको ठाउँ भन्न सक्नुभएन, उहाँका आफन्त सम्पर्कमा आउनुभएको छैन’ श्रेष्ठले भने ।

लामो समयसम्म सडकमा दिनरात विताएकी पीडितको आफन्तको खोजी भइरहेको छ। चोट लागेको अवस्थामा महिलाको उद्धार गरिएको सामाजिक अभियान्ता सपना रोका मगरले बताइन् । उनका अनुसार आफन्तको जिम्मा लगाउने गरी सुधार केन्द्रमा राखिएको छ ।

 

Leave a Reply