काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका-२,मा दुर्घटनामा घाइतेको काठमाण्डौ स्थिति ट्रमा सेन्टरमा उपचार भइरहेको छ । धौलागिरी यातायात प्रालिद्धारा सञ्चालित प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको थियो । बस दहराज गिरीको स्वामित्वमा रहेको बताइएको छ ।

घाईतेको पहिचानमा समस्या भएकाले उपचारस्थलमा पुगेर जानकारी लिन उद्धारमा खटिएकाले अनुरोध ष्रेका छन् । बसमा म्याग्दीका टिकट काटेर ६ जना यात्रु सवार रहेको बुझिएको छ। म्याग्दीका टेकबहादुर जि,अन्जु राना, प्रविन पुन, पुनम रहेका छन् । यात्रुको ठेगाना खुलेको छैन । बसका चालक समेत म्याग्दीकै दिपक ठकुरी र बागलुङका सहचालक रोशन हुन् ।

Leave a Reply