धादिङको गजुरी गाउँपालिका–२,मा बस दुर्घटनाका अन्य यात्रुको उद्धार र शबको पहिचान भएपनि म्याग्दीको मंगला गाउँपालिका–१,खानीगाउँका हरि अर्मजा अझै बेपत्ता छन् । कलंकीबाट टिकट बिना यात्रा गरेका अर्मजाको दुर्घटनास्थल आसपासमा खोजीकार्य गरिएपनि हालसम्म सम्पर्क हुन सकेको छैन् ।

अर्मजा आफन्त मंगला गाउँपालिका–२ का १६ वर्षीया गीता जग्ुजालीसँगै सवार रहेको अवस्थामा गीतको अवस्था सामान्य छ । ’अहिलेसम्म सम्पर्क हुन सकेको छैन,’आसपासका अस्पतालमा समेत हुनसक्ने सम्भावना छ,परिवार सहितको टोली घटनास्थलमा जादैहुनुहुन्छ‘ ट्रमा सेन्टरमा उद्धारमा खटिएका म्याग्दीका पृजन भट्टचन र अर्जुन थापाले भने ।

बेपत्ता भएका अर्मजाको साझँसम्म मोवाइलमा फोन लाग्ने भएपनि केहीबेरमै अफ भएको बताइएको छ । उपचारार्थ घाईते गीता जुग्जालीले जानकारी गराएपछि मात्रै खोजीकार्यलाई तिब्रता दिइएको थियो ।

दुर्घटनास्थलमा धादिङका स्थानीयले समेत सक्रियतापूर्वक खोजीकार्यमा जुटेकाले धादिङ आसपासका अस्पालमा समेत हुनसक्ने भएकाले खोजीकार्यमा सहयोग गर्न आफ्रन्तले अपिल गरेका छन् । मंगला गाउँपालिकाका प्रबक्ता एवम् वडा नं १ कुहुँका वडा अध्यक्ष एकजित रोकाले दुर्घटनामा बेपत्ता भनिएका यूवाको खोजीकार्यका लागि काठमाण्डौमा रहेका कुहुँ समाज तथा आफन्तहरु समेत सक्रिय भएको बताए।

बसमा सवारमध्ये म्याग्दीका जम्मा ४ जनाले मात्रै काउण्टरबाट टिकट लिएको र बाँकी बिना टिकट यात्रा गरेकाले पहिचानमा समेत समस्या भएको थियो । घाईतेहरुमध्ये नौ जनाको ट्रमा सेन्टर, चार जनाको वयोधा हस्पिटल, एक जनाको मेडिसिटी र एक जनाको बिएन्डबी अस्पालतमा उपचार भइरहेको छ।

घाईतेको अवस्था यस्तो छ
दुर्घटनामा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ की २२ वर्षीया अञ्जु राना मगर, म्याग्दीको रघुगंगा गाउँपालिका– ७ का २९ वर्षीय प्रविन पुन, ४५ वर्षीया सुनिता छन्त्याल, बंगलादेश बस्ने सुदीप मण्डल, बेनी नगरपालिका–३ का २९ वर्षीय गौतम छन्त्यालको अवस्था गम्भीर रहेको छ भने पर्वतको मोदी गाउँपालिका–१ का ४१ वर्षीय गुरूदत्त पौडेल, बसका चालका म्याग्दीको बेनी नगरपालिका–६ का ३० वर्षीय दीपक थापा, बेनी नगरपालिका–३ का २४ वर्षीय पूर्ण छन्त्याल, रघुगंगा गाउँपालिका–६ की २३ वर्षीया रिना रानामगर, अन्नपूर्ण गाउँपालिका– १ का १९ वर्षीय कुशल अधिकारी, काठमाडौंको कीर्तिपुर नगरपालिका–९ का ५२ वर्षीय खड्ककुमार श्रेष्ठ, म्याग्दीको मंगला गाउँपालिका–२ का १६ वर्षीया गीता जुग्जाली छन्।

त्यस्तै, बाग्लुङकी १९ वर्षीया सुष्मा क्षेत्री, पर्वतको फलेवास नगरपालिकाकी ६३ वर्षीया हरिकला गौडेल, ३२ वर्षीय बंगलादेशी नागरिक मोहमद हजिरहुल छन् । साँघुरो सडकमा ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमान छ ।

ज्यान गुमाएकाहरुको पहिचान
ज्यान गुमाउने आठ जनामध्ये ६ जनाको सनाखत भएको छ।सनाखत भएकाहरू जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका–१ का १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका– ८ का अन्दाजी २४÷२५ वर्षका सविन रम्तेल र कास्की फूलबारीका अन्दाजी २४÷२५ वर्षका सुमन थापा छन्। त्यस्तै पर्वत जिल्ला जलजला गाउँपालिका–६ की ४२ वर्षीया राधिका सापकोटा र पर्वतको मोदी गाउँपालिका–५ का ४५ वर्षीय झपटबहादुर क्षेत्री छन् । बाँकी दुई मृतकको परिचय खुलाउने प्रयास भइरहेको उनले बताए। चालक र सहचालक गरी बसमा २५ जना सवार थिए।

तीमध्ये बाग्लुङ गलकोटका ६८ वर्षीया बुढामगर सामान्य उपचार गरी डिस्चार्ज भएका छन् भने बसका सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका–६ का ३४ वर्षीय रोशन तामाङलाई सकुशल उद्धार गरिएको छ। उनलाई अहिले इलाका प्रहरी कार्यालय गजुरीको हिरासतमा राखेर सोधपुछ भइरहेको छ । दुर्घटनामा १५ जना घाइते भएका छन्। उनीहरूलाई काठमाडौं ल्याई विभिन्न अस्पताल भर्ना गरिएको छ।

 

Leave a Reply