काठमाण्डौबाट म्याग्दीको सदरमुकाम बेनी आउँदै गरेको यात्रुबाहक बस धादिङको गजुरी गाउँपालिका–२,मा दुर्घटना हुदाँ म्याग्दीको मंगला गाउँपालिका–१,खानीगाउँका हरि अर्मजा बेपत्ता भएको २४ घण्टा वितिसक्दा समेत अहिलेसम्म अत्तोपत्तो छैन् ।

दुर्घटनामा घाईते र मृतकको शब पहिचान भइसकेको अवस्थामा अर्मजा अझै बेपत्ता छन् । कलंकीबाट टिकट बिना यात्रा गरेका अर्मजालाई उद्धारटोलीले बसभित्र र आसपासका क्षेत्रमा फेला पार्न सकेन् ।  प्रहरी सहितको टोलीसँगै आफन्तहरु समेत घटनास्थल आसपासमा खोजीकार्यमा जुटेपनि अहिलेसम्म पत्ता लाग्न नसकेको मंगला गाउँपालिका वडा नं १ कुहुँका वडा अध्यक्ष एकजित रोकाले बताए ।

‘खोजीकार्य भइरहेको छ,’उद्धारको क्रममा कुनै अस्पतालमा समेत भेटिएन‘ वडा अध्यक्ष रोकाले भने ।अर्मजा आफन्त मंगला गाउँपालिका-२ का १६ वर्षीया गीता जुग्जालीसँगै सवार रहेको अवस्थामा बस दुर्घटना भएपछि अर्मजा उछिटिएर अगाडी गएका घाईते गिता जुग्जालीले बताएकी छन् ।

‘अन्य यात्रुसँगै उछिटिएर अगाडी जानुभयो,’त्यसपछि मैले केही मेसो पाइँन’ जुग्जालीको भनाई उद्धित गदैं वडा अध्यक्ष रोकाले भने । बसेको सिटबाट उछिटिएर अगाडी गएपछि नदीमा खसेको आशंका समेत गरिएको भएपनि दुर्घटना लगत्तै पुगेका स्थानीय र अन्य सवारीसाधनका यात्रुले भने नदीमा खसेको अवस्थामा कुनैपनि यात्रुलाई नभेटेको बताएका थिए ।

दुर्घटना लगत्तै धादिङका अस्पतालमा समेत अर्मजाको खोजी भएको थियो । बेपत्ता भएका अर्मजाको साझँसम्म मोवाइलमा फोन लाग्ने भएपनि केहीबेरमै अफ भएको थियो ।जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले समेत बेपत्ता अर्मजाका बारेमा खोजीकार्य भइरहेको बताए । बेपत्ता अर्मजाका आफन्तले दुर्घटनामा परेर कतै अलपत्र अवस्थामा भेटिएमा सम्पर्क गर्न समेत अपिल गरेका छन् ।

Leave a Reply