म्याग्दीको बेनी नगरपालिका वडा नं ४ बास्कुनाकी बयोबृद्धा गौमत खत्रीको नाममा नाति लालबहादुर केसीले स्थापना गरेको सामाजिक संस्थाले शिक्षा, खेलकुद, सामाजिक तथा विपन्नको उपचारमा लाखौं सहयोग गरेको छ ।

न्यूजिरल्याण्डमा सफल नेपाली ब्यवसायीको रुपमा स्थापित केसीले गौमती विकास कोषमार्फत बेनपा–४,सिङ्गामा रहेको धौलागिरी माविको शैक्षिक उन्नयनका लागि २५ लाखको अक्षय कोष, विद्यालयस्तरमा नयाँ प्रतिभाको खोजी र पहिचान गर्न जिल्ला भलिबल सङ्घलाई २० लाख सहयोग गरेको छ । कोषले भलिबल सङ्घलाई वार्षिक रूपमा दुई लाखका दरले दश वर्षसम्म सहयोगको सम्झौता समेत गरेको छ ।

Adv…

त्यस्तै म्याग्दी जेसिजको अन्तर मावि फुटबल प्रतियोगिताको मुख्य प्रायोजक,राष्ट्रिय संगीतकर्मी संघ परिवार लाई जिल्ला स्तरीय खुल्ला तिज प्रतियोगिताका लागि दृतियि पुरस्कार सहित धेरै संघसंस्था र ब्यक्तिलाई सहयोग गरेका छन् । कोषका संस्थापक अध्यक्ष लालबहादुर केसीले ९९ बर्षिया हजुरआमाको नाममा कोषमार्फत भविस्यमा पनि निरन्तर सहयोग गर्ने बताए ।

‘उहाँकै हातबाट धेरै सहयोग हस्तान्तरण गरेको छु,‘भविस्यमा पनि जिल्लामा आवश्यक पर्ने क्षेत्रमा सहयोग गर्छु’ केसीले भने। एनआरएनए न्यूजिरल्याण्डका अध्यक्ष एवम् विभिन्न नेपाली संघसंस्थामा समेत आवद्ध रहेका केसी न्यूजिरल्याण्ड र जापानमा किबी सहित फलफुल उत्पादन गरी विश्वबजारमा लैजाने गरेका छन् ।

उनले बास्कुनामा समेत सुन्तला खेतीका लागि समुदायलाई सक्रिय बनाएर अहिले बार्षिक ७० लाखभन्दा बढीको सुन्तला बिक्री गर्ने गरेका छन् । कोषमार्फत भविस्यमा खेलकुद, सामाजिक कार्यका साथै जिल्लाको विकास रउत्पादनमा टेवा पुग्ने गरी काम गर्ने लक्ष्य रहेको जनाइएको छ।

म्याग्दी भलिबलको उर्वर भूमि भएकाले भलिबल क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादनका लागि कोषमार्फत सामाजसेवी लालबहादुर केसीले गरेको सहयोगले भविस्यमा भलिबल खेलमा प्रतिभाको पहिचान र लगानीमा सहज हुने म्याग्दी भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताए ।

 

Leave a Reply