म्याग्दीको मालिका गाउँपालिका-५, मगरदाङको टिढुङ्ङे, लेकमा एक समुहले दुई घरमा आगजनी गरेका छन् । बिहिबार राती चारजना यूवाले घर आसपासमा धुम्रपान गरीघरमा आगो लगाएपछि कच्ची घर जलेर नष्ट भएको हेमकुमार फगामीले बताए। ‘घर काम नलाग्ने गरी जलेर नष्ट भएको छ,’दुई जना फरार छन्, दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर दरबाङ लगेको छ’ उनले भने ।

लेकमा रहेको घरमा घाँसदाउरा र चरन क्षेत्रमा पशुचौपाया लैजाने बेलामा बस्ने गरिएको थियो । आगजनीबाट घरभित्र रहेका सम्पूर्ण सामान, गोठमा रहेको घाँस जलेर नष्ट भएको छ ।  करिब २५ देखि ३० लाख बराबरको क्षती भएको घरधनी हेमकुमारले बताए।

इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएका दुई जना २० बर्ष मुनीका भएकाले विद्यालयबाट जन्मदर्ता खोजेर थप कानुनी प्रक्रिया अगाडी बढाउने बताइएको छ भने फरार दुई जनालाई खोजी गरी अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको छ।नियन्त्रणमा रहेका दुई जनाले चुरोट सल्काएर फाल्दा आगो लागेको बताएका छन् । चुरोट खाएर फाल्दा सल्किएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानबाट देखाएको छ ।

 

 

Leave a Reply