बेनी नगरपालिका ब्याडमिन्टन सङ्घद्वारा आयोजित जिल्ला स्तरीय अन्तर मावि (कक्षा–१० सम्म) एकल छात्र÷छात्रा ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको छ ।

म्याग्दीमा विद्यार्थीलाई ब्याडमिन्टन खेलप्रति आर्कषित गर्न म्याग्दी आयोजित जिल्लाव्यापी माविस्तरीय ब्याडमिन्टन प्रतियोगिताका लागि सबै संस्थागत तथा सामुदायिक विद्यालयलाई पत्रचार गरिएको संघका अध्यक्ष सञ्जन शाक्यले बताए । ‘विद्यालयस्तरमा रहेका प्रतिभाको पहिचानका लागि प्रतियोगिताको आयोजना गरिएको हो,‘विद्यार्थीको आर्कषण देखिएको छ’ अध्यक्ष शाक्यले भने ।

उनका अनुसार प्रतियोगितामा हरेक विद्यालयबाट छात्र र छात्रा गरी कम्तिमा चारजना प्रतियोगिले भाद्र २६ गतेसम्म नाम दर्ता गरिसक्नुपर्ने छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतियलाई क्रमश ८ हजार, ५ हजार र ३ हजार नगद, ट्रफी र प्रमाणपत्र वितरण गरिने छ । बेनी नगरपालिका ब्याडमिन्टन सङ्घले यसअगाडी आयोजना गरेको प्रतियोगितामा घाईते भएकी एक छात्राको उपचारमा समेत सहयोग गरेको थियो ।

Leave a Reply