अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

मंगला गाउँपालिका स्तरिय बाह्मण समाज गठन

On: August 26, 2023 8:00 PM
Follow Us:
---Advertisement---

म्याग्दीको मंगला गाउँपालिकामा ब्राहमणको भेलाबाट तुलसीराम अधिकारीको अध्यक्षतामा १३ सदस्यीय मंगला गाउँपालिकाकास्तरिय समिति चयन भएको छ। शनिबार बावियाचौरमा सम्पन्न भएको भेलाबाट उपाध्यक्षमा श्रीकृष्ण पौडेल, सचिव शिवलाल कँडेल, कोषाध्यक्ष रेशमलाल सापकोटा,सहसचिव ददिलाल सापकोटा रहेका छन् ।

त्यसैगरी कार्यसमितिको सदस्यमा मोतिलाल सुबेदी, चित्रराज आचार्य, कृष्णप्रसाद भटराई, सञ्जन पौडेल, टिकाराम आचार्य, मित्रलाल सापकोटा, तारानाथ सापकोटा र जगनान्द सुबेदी रहेका छन् ।

भेलामा अध्यक्ष लिलाराम गौतमको अध्यक्षता, जिल्ला कार्यसमिति सदस्य गोविन्द रिजालको स्वागत, जिल्ला कार्यसमिति सदस्य रेखाकौशल रेग्मी र तुलसीराम अधिकारीले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए भने जिल्ला कार्यसमिति सदस्य चन्द्रमणी सापकोटाको प्रशिक्षणमुलक कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

भेलाको जिल्ला सचिव हरिप्रसाद पौडेलले सञ्चालन गरेका थिए । भेलामा संविधान बिपरित गाईगोरु सार्वजनिक स्थानमा काट्ने, भोजनको अपिल गर्ने जस्ता गतिविधिलेमुलुक बिखण्डनको बाटोमा अघि बढेको भन्दै अराजकता फैलाउने, विखण्डन चाहनेलाई सरकारले तत्काल कानुनी कारवाही गर्नुपर्ने बताएका थिए ।