म्याग्दीका यूवा नेता कृष्णकुमार विश्वकर्मानेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको संयोजकमा चयन भएका छन् । काठमाण्डौमा सम्पन्न भएको केन्द्रिय सचिवालयको बैठकले युवा संघको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको संयोजकमा विश्वकर्मालाई चयन गरेको हो । संघका केन्द्रिय उपाध्यक्ष एवम् गण्डकी प्रदेश संयोजक विश्वकर्मालाई महाधिवेशनको सर्वसम्मत जिम्मेबारी दिइएको यूवा संघले जनाएको छ ।

नेकपा ( एकीकृत समाजबादी) म्याग्दीका पार्टी अध्यक्ष समेत रहेका विश्वकर्मा यस अघि युवा संघ नेपालको कार्यबाहक अध्यक्ष समेत भएका थिए । बेनी नगरकार्यपालिका सदस्य सहित विभिन्न संघसंस्थामा रहेका रहेका विश्वकर्माले आफ्नो जिम्मेबारीलाई सफल बनाउने बताए । महाधिवेशन आयोजक कमिटीमा सहसंयोजकमा नितेश पौडेल र महासचिव सञ्जिव राई चयन भएका छन् ।

Leave a Reply