राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) म्याग्दीले गौहत्याको विरोधमा जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । पछिल्लो समय राष्ट्रिय जनावर गाईको हत्या गर्ने कार्य भएको भन्ने समाचार आइरहेकाले गौहत्याको विरोधमा राप्रपाले गौहत्यामा संलग्नलाई कारवाहीको माग सहित ज्ञापनपत्र बुझाएको हो ।

पार्टीका केन्द्रिय सदस्य एवम् पूर्वराज्य मन्त्री भिमप्रसाद गौचनले प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेललाई गाईको हत्याजस्तो जघन्य अपराध भइरहेका समाचार आइरहेकाले यस्तो कार्य रोक्न माग गरेका थिए । उनले गौवंश हत्याको विरोध गरी सामाजिक सद्भाव कायम राख्न समेत अपिल गरेका छन् ।

ज्ञापनपत्रमार्फत प्रधानमन्त्रीलाई गौहत्याको विरोध, दोषीलाई कारबाही एवं विद्यमान कानुनको पालनाको माग गर्नुका साथै देशमा धार्मिक सांस्कृतिक सद्भाव कायम गर्न माग गरिएको राप्रपा म्याग्दीका अध्यक्ष बिरबहादुर थापाले बताए ।

Leave a Reply