म्याग्दीको मंगला गाउँपालिका-५,अर्मनकी एक महिलाको मृगौला फेल भएको तीन महिना भइसक्यो । चिकित्सकले मृगौला प्रत्यारोपणको तयारी नहुदाँसम्म एक हप्तामा दुईपटकसम्म डायलाइसिस गरिरहनुपर्छ भनेपछि बेनी अस्पतालमा रहेका डायलाइसिस यूनिटमा नाम दर्ता भएपछि पालो आउने अत्तोपत्तो छैन ।

उनले पोखराको निजी हस्पिटलमा नियमित शुल्क तिरेर डायलाइसिस गर्नुप¥यो । बेनी अस्पतालमा बिरामीको चापले गर्दा नयाँ बिरामी भर्ना गर्न नसक्ने अवस्था छैन् । ६ वटा डायलासिस मेसिन रहेको अस्पतालमा दुईवटा बिग्रिएको छ । अहिले ४ वटामा २६ जनाले नियमित सेवा लिइरहेको डायलासिस यूनिटकी प्रमुख सिर्जना शाहीले बताईन् ।

‘१२ जना प्रतिक्षमा हुनुहुन्छ,हालसम्म ९८ जनाले नाम दर्ता गर्नुभएको छ’ यूनिट प्रमुख शाहीले भनिन् । उनले तत्काल उपकरण र जनशक्तीको अभावका कारण मृगौला फेल भएका थप बिरामीले डायलाइसिस सेवा सहज रूपमा पाउन नसक्ने अवस्था नरहेको बताईन्। ‘बिरामीको चाप बढ्दो छ। यस्तो अवस्थामा नयाँ मेसिन नराख्दासम्म र उपचार गर्ने ठाउँ फराकिलो नपर्दासम्म नयाँ बिरामी थप्न नसक्ने अवस्था छ’ शाहीले भनिन् ।

उनले नयाँ बिरामीले दर्ता गर्ने बेलामा आर्थिक अवस्था कमजोर भएको बताउँदै राखिदिनुपर्यो भन्दा समेत तत्काल नसक्ने अवस्था छ भनेर जवाफ दिने गरेको बताईन् । नियमित डायलासिस गरेका बिरामीले प्रत्यारोपण वा उपचार असफल भएपछि मात्रै अर्को बिरामीको पालो आउने गरेकाले बागलुङ, पोखरा, काठमाण्डौमा पुगेर सेवा लिनुपर्ने बाध्यता रहेको छ।

‘मृत्युको मुखमा पुगेको मान्छेलाई जीवन दिने सेवाभएपनि थप उपकरण जुटाउन समस्या भएको छ,‘बिग्रिएको मेसिन समेत समयमै मर्मत गर्न प्राविधिक पाउन मुस्किल छ’ अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुबेदीले भने ।

उनका अनुसार अस्पतालमा मेसिन र जनशक्ति अभाव रहेको बताए । बिरामीको चापलाई ध्यानमा राखेर उपकरण थप्न सके अझै सेवालाई प्रभावकारी बनाउन सकिने उनको तर्क छ । मिर्गौला पीडित बिरामीहरु अधिकांसको न्यून आर्थिक अवस्थाका हुने भएकाले यातायात, खानबस्ने खर्चको अभावमा गाउँमै रोग पालेर बस्न बाध्य भएको अवस्थामा डायलासिस सेवाले सहज भएको एक मृगौला पीडितले बताए ।

आर्थिक अभावका कारण डायलासिसका लागि जिल्ला बाहिर जान नसक्ने बिरामीले मृत्यु पर्खेर बस्नुपर्ने बाध्यताले सताइरहेकालाई सेवाले धेरै सहज भएपनि उपकरण बिग्रिएर समस्या हुने गरेको बिरामीको भनाई छ । बिरामीको मृगौला फेल भएपछि डायलासिस सेवा लिन जरुरी छ।

मृगौलाका बिरामीले हप्ताको १ देखि जटिलता हेरेर ४ पटकसम्म डायलाइसिस गराउनुपर्ने हुन्छ। निजी अस्पतालमा एकपटक डाइलासिस गराउँदा यातायात, खानाबस्न सहित गरी ८ हजार भन्दा बढी रूपैयाँसम्म खर्च हुन्छ। उच्च रक्तचाप र मधुमेहका कारण मृगौला बिरामीको संख्या बढ्दो छ।

यसका अतिरिक्त वंशाणुगतले गर्दा पनि मृगौला फेल हुने अवस्था रहेको अस्पतालका चिकित्सकले बताएका छन् । खानपान र जीवनशैलीलाई परिवर्तन गर्न आवश्यक र मृगौला जोगाउन सचेतनाको आवश्यकता रहेको चिकित्सकको भनाई छ ।

Leave a Reply