म्याग्दीका क्रिकेट समर्थकहरुले टिमको जितको शुभकामना सहित गलेश्वर मन्दीरमा दर्शन गर्नुका साथै पुजा अर्चना गरेका छन् । नेपालले पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागीता जनाउँदै गर्दा उनीहरुले दर्शन गर्नुका साथै पुजा अर्चना गरेका हुन् ।
गलेश्वरधाम मन्दिरमा क्रिकेट संघ म्याग्दीका पदाधिकारी तथा समर्थकहरु पुगेर नेपाली क्रिकेट टिमको जितको कामना गर्दै पुजा अर्चना गरेका थिए । क्रिकेट संघ म्याग्दीका अध्यक्ष प्रविण पौडेलको नेतृत्वमा गएको टोलीमा सचिव छवि आचार्य लगायतको सहभागिता रहेको थियो । नेपाली क्रिकेट टिमले बुधबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आइसीसी)को बरियातामा नम्बर १ मा रहेको पाकिस्तान बिरुद्धको खेलमा नेपालको जितको कामना गर्दै संघको नेतृत्वमा समर्थकहरु बिहान पुजा अर्चनाका लागि मन्दीरमा आइपुगेर पुजा अर्चना गरी फर्केको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिनुभयो ।
गलेश्वर मन्दिरका मुल पुजारी चन्द्रमणी आचार्यले नेपालको जितको कामना सहित पुगेका क्रिकेट समर्थकहरुले मन्दीरमा दर्शन गर्नुका साथै टिका लगाएर प्रसाद ग्रहण गरी फर्कनु भएको बताउनुभयो । उहाँले भन्नुभयो समर्थकहरु आउनुभएको थियो दर्शन गरेपश्चात टिका तथा प्रसाद एवम् पञ्चामृत ग्रहण गरेर फर्कनुभयो ।

एसिया कप क्रिकेट खेल्न पुगेको नेपाली टिमको जितको कामना गर्नका लागि खेल संघका पदाधिकारी तथा समर्थकहरु मन्दिरमा पुगेको पुजारीले बताउनुभयो ।एसिया कप क्रिकेट नेपाली क्रिकेट टिमको एकदिवसीय क्रिकेटमा अहिले सम्मकै ठूलो सफलता र प्रतियोगिता हो । आज विश्व नम्बर एक टोली पाकिस्तान सँग नेपालको खेल नै उद्घाटन खेल हो । नेपाल रहेको समूहमा पाकिस्तान र भारत छन् भने अर्को टिममा श्रीलङ्का, बंगलादेश र अफगानिस्तान रहेका छन् । नेपालको अर्को खेल सेप्टेम्बर ४ मा भारत संग हुँदै छ ।

 

Leave a Reply